हृदयाघात भएर अस्पताल पुग्ने युवाको संख्या नेपालमा बढ्दाे

काठमाडौँ, १३ कार्तिक । हृदयाघात भएर अस्पताल पुग्ने युवाको संख्या पछिल्ला वर्षमा बढ्दै गएको मुटुरोग विशेषज्ञ बताउँछन् । सहिद गंगालाल हृदय केन्द्रमा हृदयाघात भएर पुग्ने युवा तुलनात्मक रुपमा २४ वर्षदेखि ४५ वर्ष उमेरसम्मका धेरै रहेको केन्द्रका निर्देशक डा. अधिकारीको अनुभव छ। ‘अस्पतालमा दैनिकजसो युवा हृदयाघात भएर आइरहेका हुन्छन्, कतिपय २४/२५ वर्षका पनि छन्’, उनले भने ।

सन् २०१८ मा केन्द्रमा भएको अध्ययनअनुसार हृदयाघात भएर भर्ना भएका मध्ये १२ प्रतिशत ४५ वर्ष उमेरमुनिका युवा थिए । तीमध्ये २ दशमलब २ प्रतिशत ३५ वर्षमुनिका थिए । सन् २०१५ मा हृदयाघात भएका २४ देखि ४५ वर्ष उमेरभित्रका युवाको संख्या १०.९ प्रतिशत थियो ।

अध्ययनले हृदयाघातबाट पीडितमध्ये ५४ प्रतिशत धूमपानका अम्मली, ३६.६ प्रतिशत उच्च रक्तचापका रोगी, २५.३ प्रतिशत मधुमेहका रोगी, ७.८ प्रतिशत कार्डिसियल र डाइस्लिपिडेमिया भएका थिए । अध्ययनले हृदयाघात भएका मध्येमा ३९ प्रतिशत धूमपान गरिरहेका, ४३.६ प्रतिशत धूमपान नगरेका र १४.८ प्रतिशत पहिला धूमपान गरेर छाडेका देखाएको छ । आजको नागरिक दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडाैँ, २ असाेज । भारतको औपचारिक भ्रमणमा रहनुभएका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भ्रमणको दोस्रो दिन नयाँ दिल्लीमा कूटनीतिक संवाद गर्नुभएको

काठमाडौँ, २ असोज । आज बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक भएको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकका निर्णयहरु : १३ देशमा

धनुषा, २ असाेज । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–१ (साविक रमदैया भवाडी गा.वि.स वडा नं २,३,४,६,७ र ८) का ३८८ परिवारले नापजाँच

काठमाडौँ, २ असोज । प्रधामन्त्री वालेन्द्र शाहले जेन्जी उमेर समूहका सांसदहरुसँग अन्तरक्रिया गरेका छन् । आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा