आज विश्व दृष्टि दिवस मनाइँदै

काठमाडौँ, २८ असोज । आज विश्व दृष्टि दिवस विभिन्न सचेतनात्मक कार्यक्रम गरी मनाइँदै छ ।

विश्वमा झण्डै ३ करोड ६० हजार मानिस दृष्टिविहीन छन् भने झण्डै २ अर्ब ४६ करोड मानिस कम दृष्टि या गहिरो प्रकृतीको दृष्टिजन्य समस्याबाट प्रभावित छन् ।

कुल दृष्टिविहीनहरुमध्ये झण्डै ९० प्रतिशत दृष्टिविहीनहरु विकासशील तथा अल्पविकसित देशका रहेका विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ ।

सङ्गठनका अनुसार ८० प्रतिशत दृष्टिदोषलाई उपचारबाट निको पार्न सकिन्छ । तर, उपचारको सहज पहुँच नहुँदा र आर्थिक समस्याका कारण गरिब तथा विपन्न परिवारका सदस्यले दृष्टि गुमाउनु परेको छ ।

नेपालमा मधुमेह, उच्च रक्तचाप जस्ता नसर्ने रोगको कारण हुने अन्धोपन, जलबिन्दु, रेटिना सम्बन्धी समस्याहरु बढ्दै गएको डाक्टरले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ कार्तिक । सुर्खेतमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार मृत्यु

काठमाडौँ, १२ कार्तिक । सिरहाको नवराजपुर गाउँपालिका–५ झाझपट्टीस्थित सीमा क्षेत्रबाट सशस्त्र प्रहरीले १५२ किलोभन्दा बढी लागुऔषध गाँजा बरामद गरेको छ। नेपालबाट

काठमाडौँ, १२ कार्तिक । सिरहाको मार्डरमा हवाई फायर गरेर प्रहरीले दुई जना भारतीय लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ । लागुऔषध

काठमाडौँ, १२ कार्तिक । कैलालीमा प्रहरीले लागुऔषधसहित एकैदिन आठ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयकाअनुसार धनगढी र भजनीबाट बुधबार