भिक्षुहरुको स्वास्थ्योपचारका लागि कोष स्थापना

काठमाडौँ, १७ असोज । नेपालको थेरवाद बुद्धशासनमा समर्पित भिक्षु, श्रामणेर र अनगारिकाहरुको स्वास्थ्योपचारमा सघाउ पुर्याउन ‘प्रवजित स्वास्थ्य सेवा कोष’ खडा गरिएको छ ।

दाता उपासक पंचवीरसिंह तुलाधरले शनिबार बुद्ध विहार भृकुटीमण्डपमा आयोजित एक कार्यक्रममा अक्षय कोष स्थापनार्थ एक करोड एघार लाख एघार हजार एक सय एघार रुपैयाँ अखिल नेपाल भिक्षु महासङ्घलाई प्रदान गरे ।

सङ्घनायक भिक्षु बोधिसेन महास्थविरले दाता तुलाधरलाई उनको उदार सहयोगको कदर स्वरुप भिक्षु महासङ्घको तर्फबाट साधुवाद पत्र प्रदान गरेका थिए ।

सो अक्षय कोषमा विभिन्न संस्था तथा व्यक्तिहरुबाट सहयोग प्राप्त हुने क्रम जारी रहेको भिक्षु महासङ्घका महासचिव भिक्षु कोण्डन्य महास्थविरले जानकारी दिएका छन् । रासस

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १ असोज । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) पूर्वी भूमध्यसागरीय क्षेत्रकी क्षेत्रीय निर्देशक डा.हनान एच.बाल्खीले परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेटवार्ता

काठमाडौँ, १ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद बोधनारायण श्रेष्ठले त्रिशूलीमा खसेका यात्रुवाहक बस र त्यहाँ हराइरहेका यात्रुहरूको

काठमाडौँ, १ असोज । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८२र८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ

काठमाडौँ, १ असोज । गत आर्थिक वर्षको तुलनामा राजस्व संकलन वृद्धि भएको छ । अर्थ मन्त्रालयका अनुसार चालु आर्थिक वर्ष