भिक्षुहरुको स्वास्थ्योपचारका लागि कोष स्थापना

काठमाडौँ, १७ असोज । नेपालको थेरवाद बुद्धशासनमा समर्पित भिक्षु, श्रामणेर र अनगारिकाहरुको स्वास्थ्योपचारमा सघाउ पुर्याउन ‘प्रवजित स्वास्थ्य सेवा कोष’ खडा गरिएको छ ।

दाता उपासक पंचवीरसिंह तुलाधरले शनिबार बुद्ध विहार भृकुटीमण्डपमा आयोजित एक कार्यक्रममा अक्षय कोष स्थापनार्थ एक करोड एघार लाख एघार हजार एक सय एघार रुपैयाँ अखिल नेपाल भिक्षु महासङ्घलाई प्रदान गरे ।

सङ्घनायक भिक्षु बोधिसेन महास्थविरले दाता तुलाधरलाई उनको उदार सहयोगको कदर स्वरुप भिक्षु महासङ्घको तर्फबाट साधुवाद पत्र प्रदान गरेका थिए ।

सो अक्षय कोषमा विभिन्न संस्था तथा व्यक्तिहरुबाट सहयोग प्राप्त हुने क्रम जारी रहेको भिक्षु महासङ्घका महासचिव भिक्षु कोण्डन्य महास्थविरले जानकारी दिएका छन् । रासस

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ कार्तिक । सुर्खेतमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार मृत्यु

काठमाडौँ, १२ कार्तिक । सिरहाको नवराजपुर गाउँपालिका–५ झाझपट्टीस्थित सीमा क्षेत्रबाट सशस्त्र प्रहरीले १५२ किलोभन्दा बढी लागुऔषध गाँजा बरामद गरेको छ। नेपालबाट

काठमाडौँ, १२ कार्तिक । सिरहाको मार्डरमा हवाई फायर गरेर प्रहरीले दुई जना भारतीय लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ । लागुऔषध

काठमाडौँ, १२ कार्तिक । कैलालीमा प्रहरीले लागुऔषधसहित एकैदिन आठ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयकाअनुसार धनगढी र भजनीबाट बुधबार