अर्को त्रास, निपाह भाइरस

काठमाडौँ, ७ असोज । कोरोना महामारीकै बेला अर्को त्रास थपिएको छ, निपाह भाइरस । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले महामारी ल्याउन सक्ने १० प्राणघातक रोगभित्र यसलाई राखेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले निपाहको जोखिम नेपालमा उच्च रहेको बताए ।

‘छिमेकी मुलुकमा संक्रमण पुष्टि भइसकेको छ । भारतबाट संक्रमित चमेरो, फलफूल खान नेपालको तराई आउन सक्छ,’ सहप्रवक्ता डा। अधिकारीले भने । फलफूल खाने फ्रुट ब्याट प्रजातिको संक्रमित चमेरोले यो भाइरस सार्ने पाइएको छ ।

डा. अधिकारीका अनुसार निपाहबाट हुने मृत्युदर कोभिड–१९ को तुलनामा उच्च छ । जसको मृत्युदर ४५ देखि ७५ प्रतिशत छ । भारतको दक्षिणी राज्य कोरलामा एक नर्ससहित १० जनाको ज्यान गइसकेको त्यहाँका स्वास्थ्य सचिव राजीव सदानन्दनले बताएका छन् । भारतीय सञ्चारमाध्यमका अनुसार मृतकको संख्या १२ पुगेको छ ।

यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १ असोज । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) पूर्वी भूमध्यसागरीय क्षेत्रकी क्षेत्रीय निर्देशक डा.हनान एच.बाल्खीले परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेटवार्ता

काठमाडौँ, १ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद बोधनारायण श्रेष्ठले त्रिशूलीमा खसेका यात्रुवाहक बस र त्यहाँ हराइरहेका यात्रुहरूको

काठमाडौँ, १ असोज । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८२र८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ

काठमाडौँ, १ असोज । गत आर्थिक वर्षको तुलनामा राजस्व संकलन वृद्धि भएको छ । अर्थ मन्त्रालयका अनुसार चालु आर्थिक वर्ष