अर्को त्रास, निपाह भाइरस

काठमाडौँ, ७ असोज । कोरोना महामारीकै बेला अर्को त्रास थपिएको छ, निपाह भाइरस । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले महामारी ल्याउन सक्ने १० प्राणघातक रोगभित्र यसलाई राखेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले निपाहको जोखिम नेपालमा उच्च रहेको बताए ।

‘छिमेकी मुलुकमा संक्रमण पुष्टि भइसकेको छ । भारतबाट संक्रमित चमेरो, फलफूल खान नेपालको तराई आउन सक्छ,’ सहप्रवक्ता डा। अधिकारीले भने । फलफूल खाने फ्रुट ब्याट प्रजातिको संक्रमित चमेरोले यो भाइरस सार्ने पाइएको छ ।

डा. अधिकारीका अनुसार निपाहबाट हुने मृत्युदर कोभिड–१९ को तुलनामा उच्च छ । जसको मृत्युदर ४५ देखि ७५ प्रतिशत छ । भारतको दक्षिणी राज्य कोरलामा एक नर्ससहित १० जनाको ज्यान गइसकेको त्यहाँका स्वास्थ्य सचिव राजीव सदानन्दनले बताएका छन् । भारतीय सञ्चारमाध्यमका अनुसार मृतकको संख्या १२ पुगेको छ ।

यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ कार्तिक । सुर्खेतमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार मृत्यु

काठमाडौँ, १२ कार्तिक । सिरहाको नवराजपुर गाउँपालिका–५ झाझपट्टीस्थित सीमा क्षेत्रबाट सशस्त्र प्रहरीले १५२ किलोभन्दा बढी लागुऔषध गाँजा बरामद गरेको छ। नेपालबाट

काठमाडौँ, १२ कार्तिक । सिरहाको मार्डरमा हवाई फायर गरेर प्रहरीले दुई जना भारतीय लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ । लागुऔषध

काठमाडौँ, १२ कार्तिक । कैलालीमा प्रहरीले लागुऔषधसहित एकैदिन आठ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयकाअनुसार धनगढी र भजनीबाट बुधबार