अब तनहुँमै पीसीआर परीक्षण

तनहुँ, ३ असोज । तनहुँको व्यास नगरपालिकाले सञ्चालन गरेको पीसीआर प्रयोगशालाले अनुमति पाएको छ । व्यास नगरपालिका–१० दुम्सीमा सञ्चालित पीसीआर प्रयोगशालालाई प्रदेश जनस्वास्थ्य प्रयोगशालाले अनुमति दिएको हो ।

प्रदेश प्रयोगशालाले स्थलगत अनुगमन गरी पेश गरेको प्रतिवेदन र प्रयोगशालाबाट प्राप्त २० नमूनाको नतिजा प्रमाणीकरणका आधारमा प्रयोगशालाको मापदण्ड पुगेकाले पीसीआर परीक्षण गर्न अनुमति प्रदान गरिएको निमित्त निर्देशक सपना सुवेदीले जानकारी दिए ।

नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले प्रयोगशालाका मेसिनको सम्पूर्ण मापदण्ड पुगेकाले अब पीसीआर परीक्षणको तयारी गरिएको जानकारी दिए । प्रयोशालामा पाँच जना स्वास्थ्यकर्मी नियुक्त गरिएको छ ।

प्रयोगशालाबाट एकपटकमा ९६ जनाको स्वाब परीक्षण गर्न सकिन्छ । त्यसको नतिजा साढे दुई घण्टामा प्राप्त हुन्छ । “जिल्लामा प्रयोगशाला नहुँदा यस अगाडि स्वाब सङ्कलन गरेर पोखरा पठाउनुपर्ने बाध्यता थियो, अब जिल्लामै सहजरुपमा छिटो, छरितो परीक्षण हुन्छ”, उनले भने ।

यसका लागि सङ्घीय सरकारले नगरपालिकालाई रु २५ लाख बजेट सहयोग गरेको थियो । पीसीआर परीक्षणका लागि स्वाब सङ्कलन गरेर पठाउँदा रिपोर्ट आउन ढिलाइ भएपछि नगरपालिका आफैँले व्यवस्था गरेको हो । यसका लागि व्यासका जनप्रतिनिधिले एक महिनाबापतको रु १२ लाख सहयोग गरेका छन् । रासस

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

ललितपुर, १३ कार्तिक । नेपाली कांग्रेसले महाधिवेशनबाट पारित नीति तथा कार्यक्रम नागरिकसम्म पुर्याउन आगामी मङ्सिर महिनाभर ‘तयार छौँ’ अभियान सञ्चालन

काठमाडौँ, १३ कार्तिक । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको साथै बङ्गालको खाडीमा विकसित चक्रवात “अर्नब” को पनि प्रभाव

काठमाडौँ, १२ कार्तिक । परराष्ट्रमन्त्री शिशिर खनालले आगामी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–३१) मा हिमाली क्षेत्रका विशिष्ट समस्या, जलवायुजन्य हानि

काठमाडौँ, १२ कार्तिक । बंगालको खाडीमा विकसित अति शक्तिशाली चक्रवात ‘अर्नब’ हाल कमजोर भइसकेको छ । त्यो यति बेला आज