तपाईंको मास्क खोई ?’ कार्यक्रम अन्तर्गत ५ हजार ७०० लाई मास्क वितरण

काठमाडौँ, २२ साउन । कोरोना संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा संचालित ‘तपाईंको मास्क खोई ?’ कार्यक्रम अन्तर्गत पछिल्लो २४ घण्टामा ५ हजार ७ सय जनालाई निःशुल्क मास्क वितरण गरिएको छ । 

कार्यक्रम अन्तर्गत गत वैशाख ६ गतेदेखि हालसम्म जम्मा ५ लाख ४ हजार ८०७ जनालाई निःशुल्क मास्क वितरण गरिएको छ । 

नयाँ भेरियन्ट सहितको कोभिड–१९ को संक्रमण बढ्दै गएको सन्दर्भमा यसबाट सिर्जना हुन सक्ने समस्या र चुनौतीलाई दृष्टिगत गरी संक्रमण रोक्न तोकिएको सुरक्षा मापदण्डलाई दुरुस्त रुपमा कार्यान्वयनका लागि नेपाल प्रहरीले ‘संक्रमणबाट आफू बचौँ र अरुलाई पनि बचाऔँ’ भन्ने नारा सहित ‘तपाईंको मास्क खै ?’ लगायतका विभिन्न सचेतनामूलक कार्यक्रमलाई अभियानकै रुपमा सञ्चालन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ कार्तिक । सिरहाको मार्डरमा हवाई फायर गरेर प्रहरीले दुई जना भारतीय लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ । लागुऔषध

काठमाडौँ, १२ कार्तिक । कैलालीमा प्रहरीले लागुऔषधसहित एकैदिन आठ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयकाअनुसार धनगढी र भजनीबाट बुधबार

काठमाडौँ, १२ कार्तिक । मुस्ताङमा यस वर्ष एक अर्ब १४ करोड ९६ लाख रुपैयाँ बराबरको स्याउ उत्पादन भएको प्रारम्भिक अनुमान

काठमाडौँ, १२ कार्तिक । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको साथै बङ्गालको खाडीमा विकसित चक्रवात “अर्नब” को पनि प्रभाव रहने