भरिँदै आईसीयू र भेन्टिलेटर

काठमाडौँ, १५ साउन । कोरोना संक्रमित संख्या बढ्दै गएपछि अस्पतालका आईसीयू र भेन्टिलेटर फेरि भरिन थालेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका अस्पतालमा अहिले १ सय ६० भेन्टिलेटर र ६ सय ३६ जना आईसीयूमा छन् ।

जसअन्तर्गत प्रदेश १ मा १ सय १५ आईसीयू र ४६ जना भेन्टिलेटरमा छन् । प्रदेश २ मा दुई जना आईसीयूमा उपचाररत छन् । बाग्मती प्रदेशमा ३ सय ८१ जना आईसीयू र ८६ जना भेन्टिलेटरमा छन् । गण्डकी प्रदेशमा ७० आईसीयू र १७ जना भेन्टिलेटर, लुम्बिनी प्रदेशमा ४५ आईसीयू र चार जना भेन्टिलेटरमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

कर्णाली प्रदेशमा १६ आईसीयू र चार जना भेन्टिलेटर, सुदुरपश्चिम प्रदेशमा सात आईसीयू र तीन जना भेन्टिलेटरमा उपचाररत छन् । यसअघि बुधबार ६ सय ११ आईसीयू र १ सय ६८ भेन्टिलेटरमा उपचाररत र १२ साउनमा ६सय ११ आईसीयू र १ सय ७१ भेन्टिलेटरमा थिए । त्यस्तै, बिहीबार देशभर थप ३ हजार ३ सय ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो समाचार आजको राजधानी दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ कार्तिक । सिरहाको मार्डरमा हवाई फायर गरेर प्रहरीले दुई जना भारतीय लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ । लागुऔषध

काठमाडौँ, १२ कार्तिक । कैलालीमा प्रहरीले लागुऔषधसहित एकैदिन आठ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयकाअनुसार धनगढी र भजनीबाट बुधबार

काठमाडौँ, १२ कार्तिक । मुस्ताङमा यस वर्ष एक अर्ब १४ करोड ९६ लाख रुपैयाँ बराबरको स्याउ उत्पादन भएको प्रारम्भिक अनुमान

काठमाडौँ, १२ कार्तिक । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको साथै बङ्गालको खाडीमा विकसित चक्रवात “अर्नब” को पनि प्रभाव रहने