हेर्नुस् योगका प्रकार र फाइदाहरु

काठमाडौँ, ७ असार । योग नेपालको परम्परागत व्यायाम विधि हो । योगले धेरै कुरामा फाइदा गर्छ । योग स्वास्थ्यको लागि फाइदाजनक हुँदा विश्वभर यो विधि अपनाउन थालिएको छ । 

नियमित अभ्यास र वैराग्यद्वारा योगको सम्पूर्ण लाभ लिन सकिन्छ । योग भनेको सही तरिकाले जिउने विज्ञान हो । अतः यसलाई हामीले आफ्नो जीवनमा सामेल गर्नुपर्नेछ । यो हाम्रो जीवनसँग जोडिएको भौतिक, मानसिक, भावनात्मक, आत्मिक र आध्यात्मिक सबै क्षेत्रमा काम गर्छ ।

योगले मानसिक ,शारीरिक र नर्सर्ने खालको विभिन्न रोग नलाग्न र लागेको व्यक्तिहरुलाई पनि धेरै फाइदा पु-याउँछ । 

योगले शरीरमा पुर्याउँने फाइदाहरु   
—  शरीरका रक्तसंचार प्रणालीलाई व्यवस्थित गर्छ ।

— मुटु र रगतका नलीलाई सफा गर्ने काम गर्छ । 

—पाचन क्षमता बढाउँछ । 

— शरीरमा धेरै क्यालोरी छ भने योग गर्दा घट्छ । 

—शरीरको जोर्नीहरुलाई खुकुलो बनाउँछ । जसले गर्दा शरीरमा यूरिकेसिड, बाथजस्ता रोगहरुलाई नियन्त्रण गर्छ । समग्रमा भन्नु पर्दा रोग नलाग्नको लागि योगले महत्वपूर्ण भूमिका निर्वाह गर्छ । शरीरलाई स्वास्थ राख्न र आयू लम्ब्याउने काम योगले गर्छ । 

— मस्तिष्कलाई सफा बनाउँने काम गर्छ । मन स्वास्थ भएको खण्डमा हरेक कुराहरु सकारात्मक रुपमा अगाडि बढ्छ । 

योगको प्रकार

योगको मूख्य चार प्रकार छन्- राज योग, कर्म योग, भक्ति योग र ज्ञान योग ।

यसैगरी योगको आठ अंग छन् । यसैले पतन्जलीले यसलाई अष्टांग योग भनेका हुन् । यसबारे योगसूत्रमा पतन्जलीले उल्लेख गरेका छन् । यस आठ अंगमा यम, नियम, आसन, प्राणायम, प्रत्याहार, धारणा, ध्यान र समाधि छन् ।

यमको अर्थ हो, अहिंसा, सत्य, अस्तेय, ब्रम्हाचर्य तथा अपरिग्रह । यम अर्थात जसको अनुष्ठानबाट मन वा इन्दि्रय अशुभबाट हटाएर शुभमा संलग्न हुन्छ ।

नियमको अर्थ हो, अनुशासित जीवनयापन । अर्थात सौच, सन्तोष, तप, स्वाध्याय र इश्वर प्राणिधान ।

आसनको अर्थ हो, स्थिर तथा सुखपूर्वक बस्ने क्रिया ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १ असोज । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) पूर्वी भूमध्यसागरीय क्षेत्रकी क्षेत्रीय निर्देशक डा.हनान एच.बाल्खीले परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेटवार्ता

काठमाडौँ, १ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद बोधनारायण श्रेष्ठले त्रिशूलीमा खसेका यात्रुवाहक बस र त्यहाँ हराइरहेका यात्रुहरूको

काठमाडौँ, १ असोज । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८२र८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ

काठमाडौँ, १ असोज । गत आर्थिक वर्षको तुलनामा राजस्व संकलन वृद्धि भएको छ । अर्थ मन्त्रालयका अनुसार चालु आर्थिक वर्ष