आईसीयू र भेन्टिलेटरमा बिरामीको चाप घट्यो

काठमाडौँ, ५ असार । कोभिड-१९ संक्रमण क्रमशः घट्दै गएसँगै देशभरका अस्पतालका आईसीयू र भेन्टिलेटरमा बिरामीको संख्या घट्दै गएको पाइएको छ । शुक्रबार १३०३७ नमुना परीक्षण गर्दा २७६८ जनामा संक्रमण पुष्टि भएको छ । शुक्रबार अस्पतालका आईसीयूमा ८७२ र भेन्टिलेटरमा २४६ संक्रमित उपचाररत छन् ।

संक्रमण केही प्रतिशत घटेसँगै अस्पतालका आईसीयू र भेन्टिलेटरमा पनि बिरामीको संख्या घट्दै गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा उल्लेख छ । मन्त्रालयको पछिल्लो दुई साताको तथ्यांकलाई हेर्दा कोरोना संक्रमण केही प्रतिशत घटेको देखिन्छ । जेठ २२ गते झण्डै ३० प्रतिशत कोरोना संक्रमण रहेकोमा जेठ २८ गते घटेर झण्डै २५ प्रतिशतमा झरेको देखिन्छ । जेठ २९ गते २३ प्रतिशत संक्रमण दर रहेकोमा असार ४ गते २१ प्रतिशतमा झरेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, १२ कार्तिक । भारतको आन्ध्र प्रदेशमा चक्रवात ‘अर्नब’का कारण पाँचजनाको मृत्यु भएको छ । घर, कृषिबाली र पूर्वाधारमा क्षति

एजेन्सी, १२ कार्तिक । स्पेनको मध्य क्षेत्रमा पर्ने टोलेडो प्रान्तमा तीव्र गतिका दुई रेल आपसमा ठोक्किँदा मृत्यु हुनेको संख्या ६८ पुगेको

एजेन्सी, ११ कार्तिक । रुसको एक सैन्य अदालतले युक्रेनी अभियानका लागि आर्थिक सहयोग उपलब्ध गराई ‘आतङ्कवाद’लाई आर्थिक सहायता दिएको आरोपमा एक

एजेन्सी, ११ कार्तिक । अफ्रिकामा इबोलाको प्रकोप फैलिरहेका बेला प्रजातान्त्रिक गणतन्त्र कंगो (डीआरसी) मा यस रोगबाट संक्रमित हुनेको संख्या १०