काठमाडौँ उपत्यकाकै बजारमा सिटामोल अभाव

काठमाडौँ, २९ जेठ । काठमाडौँ उपत्यकाकै बजारमा केही दिनदेखि सिटामोलको अभाव हुन थालेको छ । कोभिड–१९ सङ्क्रमणको दोस्रो लहर सुरु भएसँगै सिटामोलको माग बढेपछि अभाव सुरु भएको हो ।

बजारमा सिटामोल अभाव हुन थालेपछि यतिबेला आमउपभोक्ता मेडिकल पसल चहार्न थालेका छन् । पछिल्लो समय अस्पताल जाने भन्दा घरमा आइसोलेसनमा बस्ने सङ्क्रमित धेरै हुँदा सिटामोल खरिद उच्च हुन पुगेको छ ।

उपभोक्ता अधिकारकर्मी भने औषधि उत्पादक व्यवसायीले कोभिडको यो सङ्कटको बेलामा औषधिजस्तो संवेदनशील विषयमा कृत्रिम अभाव सिर्जना गरेको बताउँदै आएका छन् । उपभोक्ता अधिकारकर्मी माधव तिमिल्सिनाले व्यवसायीको निजी स्वार्थपूर्तिका लागि अहिलेको परिस्थितिमा जुनसुकै बेला आवश्यक पर्ने सिटामोलको अभाव सिर्जना गरेको बताए ।

यो समाचार आजको गोरखापत्र दैनिकमा छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १ असोज । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) पूर्वी भूमध्यसागरीय क्षेत्रकी क्षेत्रीय निर्देशक डा.हनान एच.बाल्खीले परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेटवार्ता

काठमाडौँ, १ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद बोधनारायण श्रेष्ठले त्रिशूलीमा खसेका यात्रुवाहक बस र त्यहाँ हराइरहेका यात्रुहरूको

काठमाडौँ, १ असोज । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८२र८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ

काठमाडौँ, १ असोज । गत आर्थिक वर्षको तुलनामा राजस्व संकलन वृद्धि भएको छ । अर्थ मन्त्रालयका अनुसार चालु आर्थिक वर्ष