स्वास्थ्य मन्त्रालयले खोप दिन नसकेपछि खोप कार्यक्रम स्थगित

काठमाडौँ, २८ जेठ । काठमाडौँ महानगरपालिकाले सञ्चालन गरेको खोप कार्यक्रम स्थगित हुने भएको छ ।

गएको मङ्गलवारदेखि महानगरको ३२ वटै वडामा सञ्चालन हुँदै आएको खोप कार्यक्रम सरकारले खोप उपलब्ध नगराउने भएपछि स्थगित हुने भएको हो । 

काठमाडौँ महानगर सहरी जनस्वास्थ्य प्रमुख हरि कुँवरका अनुसार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको खोप महाशाखाले काठमाडौँ महानगरलाई थप खोप उपलब्ध गराउन नसक्ने भनेपछि चलिरहेकाे कार्यक्रम बाध्य भएर रोक्नुपरेको हो । 

नेपाल सरकारलाई गएको हप्ता चीनले १० लाख डोज खोप अनुदानमा उपलब्ध गराएको थियो । यसरी प्राप्त भएको खोपलाई सरकारले देशैभरि ६० वर्षदेखि ६४ वर्षसम्मका उमेर समूहलाई लगाउने कार्यक्रम बनाएको थियो । महानगरले बिहीवार (हिजाे) सम्म झन्डै २८ हजार जनालाई खोप लगाइएको बताएको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १ असोज । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) पूर्वी भूमध्यसागरीय क्षेत्रकी क्षेत्रीय निर्देशक डा.हनान एच.बाल्खीले परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेटवार्ता

काठमाडौँ, १ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद बोधनारायण श्रेष्ठले त्रिशूलीमा खसेका यात्रुवाहक बस र त्यहाँ हराइरहेका यात्रुहरूको

काठमाडौँ, १ असोज । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८२र८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ

काठमाडौँ, १ असोज । गत आर्थिक वर्षको तुलनामा राजस्व संकलन वृद्धि भएको छ । अर्थ मन्त्रालयका अनुसार चालु आर्थिक वर्ष