स्टार्टअप व्यवसायलाई ऋण दिने विषयमा कार्यदल गठन

काठमाडौँ, २३ जेठ । आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटमा निजी क्षेत्रसँग सम्बन्धित कार्यक्रम कार्यान्वयनको तयारी गर्न अर्थ मन्त्रालयले कार्यदल गठन गरेको छ ।

आइतबार निजी क्षेत्रका प्रतिनिधिमूलक संघसंस्थासँग छलफलपछि मन्त्रालयले स्टार्टअप व्यवसाय र कार्यस्थलमा आधारित तालिम तथा रोजगारी कार्यक्रमसम्बन्धी गृहकार्य गर्न कार्यदल गठन गरेको हो । अर्थ मन्त्रालयका सहसचिव महेश भट्टराई संयोजक रहेको कार्यदलमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र राष्ट्रिय योजना आयोगका साथै नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग परिसंघका प्रतिनिधि रहेका छन् ।

संयोजक भट्टराईले कार्यदलले आर्थिक वर्ष २०७८/७९ सुरु भएसँगै कार्यक्रम कार्यान्वयन गर्ने गरी असार मसान्तभित्रै आवश्यक कार्यविधि र कार्ययोजना बनाउने बताए । आर्थिक वर्ष २०७८/७९ को बजेटमा युवा उद्यमीलाई स्टार्टअप व्यवसायमा संलग्न हुन उत्प्रेरित गर्ने उद्देश्यले परियोजना धितो राखी एक प्रतिशत ब्याजदरमा २५ लाख रुपैयाँसम्म बीउ पुँजीकर्जा उपलब्ध गराउने उल्लेख गरिएको छ । यसका लागि १ अर्ब रुपैयाँको च्यालेन्ज फण्ड स्थापना गर्ने पनि बजेटमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ असार । केही दिन अघि बाढी पहिरोमा परि मानविय तथा भौतिक क्षती भएको सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका तथा हेलम्बु

काठमाडौँ, ६ असार । बाढी पहिरोको कारण ६ दिन अघिदेखी बन्द रहेको मेलम्ची नगरपालिकादेखी हेलम्बु गाउँपालिकासम्मको मोटर बाटो खुलेको छ

काठमाडौँ, ६ असार । सत्तारुढ दल नेकपा एमालेको प्रभावशाली भातृ संगठन राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय उपाध्यक्ष संजिव कुमार झाले

काठमाडौँ, ६ असार । ज्वाला संग्रौलासहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । युवा संघकी केन्द्रीय सदस्य खुस्बु घिमिरेले दिएको जाहेरीका