नेप्से परिसूचक हालसम्मकै उच्च विन्दुमा

काठमाडौँ, २३ जेठ । सेयर बजार परिसूचक नेप्से अहिलेसम्मकै माथिल्लो बिन्दुमा पुगेको छ ।

आज नेप्से परिसूचक २९०६.९१ अंकमा पुगेर रोकिएको छ । आइतबार नेप्से परिसूचक २९२०.९१ विन्दुमा पुगेर तल फर्किएको हो । आइतार बजार ५०.१४ अंकले बढेको छ । यो १.७६ प्रतिशत वृद्धि हो । आइतबार बैंकिङ परिसूचकले बजारलाई नेतृत्व गर्‍यो, यसको प्रभाव समग्र परिसूचकमा परेको हो ।

५० अंकले वृद्धि भएको दिन समेत कुल ६ वटा समूहको मूल्यमा भने गिरावट आएको छ । आज बैंक, विकास बैंक, वित्त, लघुवित्त, म्यूचअल फण्ड, लगानी र अन्य समूहको परिसूचक बढेको छ । तर, व्यापार, होटेल र पर्यटन, जलविद्युत, निर्जिवन बीमा, निर्माण तथा उत्पादन र जीवन बीमा समुहको परिसूचक भने घटेको छ ।

आइतबार कुल २१८ कम्पनीको १ लाख ७१ हजार ६० कारोबार भएको छ । कारोबार भएको सेयर संख्या ३ करोड ७४ लाख ५५ हजार १ सय ८९ रहेको छ । आइतबार कुल कारोबार रकम भने १७ अर्ब २७ करोड १७ लाख ८७ हजार ५ सय २५ पुगेको छ । आज सबैभन्दा बढी महिला लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाए । यसबाहेक गुडविल फाइनान्स, लुम्बिनी विकास बैंक, रिडि हाइड्रोपावर विकास कम्पनी, नेपाल बंगलादेश बैंकको कारोबार सर्किट लेवलमा भएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ असार । प्रधानमन्त्री केपी ओलीले जेठ २१ गते गरेको मन्त्रिपरिषद् विस्तारमा खानेपानी तथा सरसफाइ मन्त्री बनेका अनिल झा दलबलसहित

काठमाडौँ, ९ असार । प्रतिनिधि सभा विघटनसम्बन्धी रिटमा आजदेखि सर्वोच्च अदालतमा अन्तिम सुनुावाइ सुरु हुँदैछ । नेपाली काँग्रेसका सभापति शेरबहादुर

काठमाडौँ, ९ असार । मन्त्रीहरूको कार्यविभाजन र मन्त्रिपरिषद् विस्तार गर्न सकस भएपछि गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल संघीय

काठमाडौँ, ९ असार । मन्त्री पदमा नियुक्त भएपछि पहिलोपटक गृह जिल्लामा शुभेच्छुकहरुबाट स्वागत तथा बधाईका लागि आएका एक मन्त्रीको पद स्वागत