५० मुरी धान फलाउने किसानलाई ४२ हजार ५०० रुपैयाँ !

ताप्लेजुङ, २३ जेठ । कृषि उत्पादन वृद्धि गर्न किसानलाई गाउँपालिकाले कसरी प्रोत्साहन गर्नुपर्छ भन्ने उदाहरण ताप्लेजुङको मिक्वाखोला गाउँपालिकाले प्रस्तुत गरेको छ ।

गाउँपालिकाले ५० मुरीभन्दा बढी धान फलाउने सात किसानलाई प्रोत्साहन रकम बापत ४२ हजार ५००  रुपैयाँ उपलब्ध गराउने निर्णय गर्दै उनीहरुलाई कृषि कर्ममा थप हौसला भरेको हो । गाउँपालिकालाई खाद्यान्नमा आत्मनिर्भर बनाउन  र किसानलाई थप प्रोत्साहन गर्न याे नवीनतम योजनालाई कार्यान्वयन गरिएको जनाइएको छ । पहिलो चरणमा  वडा नम्बर १, २ र ३ का सात किसानलाई यस रकम प्रदान गर्ने तयारी गाउँपालिकाले गरेको छ ।

प्रोत्साहन पाउनेमा वडा नम्बर १ का  देवीमाया श्रेष्ठ, ज्ञानबहादुर लिम्बु, ङिमादावा शेर्पा, निमतेम्बा शेपा, वडा नं २ का  रविन्द्र वनेम र वडा नं ३ का ङिमावाङ्दी शेर्पा र होमनाथ गौतम रहेका गाउँपालिकाका प्रवक्ता थर्ककुमार चोङ्वाङले जानकारी दिनुभयो । उहाँका अनुसार देवीमाया र ङिमादावाले ७०/७०, ज्ञानबहादुरले ६३, ङिमातेम्बाले ६५, रविन्द्रले ९५, ङीमावाङ्दीले ५८ र होमनाथले ६० मुरी धान उत्पादन गरेको तथ्याङ्क छ । उनीहरुलाई रकम चाँडै उपलब्ध गराइने प्रवक्ता चोङ्वाङले बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ असार । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले एमालेले सर्वोच्च अदालतमा भ्याकेट (पुनरावलोकन) मुद्धा पार्टी भित्रको आन्तरिक विवाद समाधान

काठमाडौँ, ७ असार । थप २ हजार २ सय ९७ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ६ लाख

काठमाडौँ, ७ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले समाजमा भइरहेको सांस्कृतिक अधःपतन र असत्यलाई महत्व दिइने प्रवृत्ति अन्त्यका लागि योग र

काठमाडौँ, ७ असार । पार्टीको निर्देशन विपरीत मतदान गरेको भन्दै भन्दै कारवाही गरिएका जनता समाजवादी पार्टीका प्रदेशसभा सांसदको मुद्दा अब