एचआईभी पोजेटिभहरुलाई घरघरमै औषधि

काठमाडौँ, २२ जेठ । कोभिडको उच्च जोखिममा रहेका एचआईभी पोजेटिभहरुलाई घरघरमै औषधि पुर्‍याउने व्यवस्था गरिएको छ । भरतपुर अस्पतालमा रहेको एड्स हेल्थ फाउण्डेसन नेपाल क्षेत्रीय कार्यालय भरतपुरले एआरभी औषधि नियमित सेवन गर्ने बिरामीका लागि घरघर औषधि पुर्‍याउँदै आएको हो ।
 
यस कार्यालयमा नियमित औषधि सेवन गर्ने एक हजार छ जना रहेका छन् । जस मध्ये ४५ जना बालवालिका रहेका छन् । औषधि सेवन गर्दै आएका मध्ये ३० प्रतिशतले अस्पतालमानै आएर औषधि लैजाने गरेका छन् भने बाँकी ७० प्रतिशतलाई घरमानै पुर्‍याउने व्यवस्था गरिएको कार्यालयका प्रमुख कृष्णहरि सापकोटाले जानकारी दिए ।

उनका अनुसार अहिले भरतपुर महानगरपालिका र आसपासका पालिकाहरुबाट अस्पतालमा औषधि लिन आउने गरेको भए पनि टाढा टाढा कार्यालयलेनै पुर्‍याउँदै आएको छ । यसका लागि सहभागी, चितवन सक्रिय महिला प्रतिष्ठान र लुम्विनी प्लस नामक संस्थाले सहयोग गरेका छन् । कार्यालयका तर्फबाट कर्मचारी धिरण अधिकारीले औषधि पुर्‍याउँदै आएका छन् । 

यस कार्यालयले चितवन, मकवानपुर, वर्दघाट–सुस्ता पूर्व नवलपरासी, वर्दघाट –सुस्ता पश्चिम नवलपरासी, गोरखा, लम्जुङ्, तनहुँ र धादिङ्का सङ्क्रमितहरुलाई घरमानै औषधि पुर्‍याउने गरेको छ ।

उनले भने, “निषेधाज्ञा सुरु भएदेखि अहिलेसम्म ३ सय ९० जनालाई घरमानै औषधि पुर्‍याएका छौ ।” नजिकका भए एक महिनाको लागि र टाढाका भए दुई महिनाको लागि औषधि पुर्याईदै आईएको उनले जानकारी दिए । 

औषधि वितरणका लागि भरतपुर अस्पतालले सहजिकरण गरेको औषधि पुर्‍याउँदै आएका अधिकारी बताउँछन् । उनले भने, “एचआईभि एड्स सङ्क्रमितहरुलाई घरमा औषधि पुर्‍याउनका लागि भरतपुर अस्पतालको ठूलो सहयोग रहेको छ ।” परिचय पत्र निर्माणदेखि स्थानीय प्रशासनसँग समन्वय गर्ने काम अस्पतालले गरिदिएको उनले बताए ।
 
कोरोना कहरका कारण अस्पतालमा आएर औषधि लिन नसक्ने एचआईभि सङ्क्रमितहरु घरमानै औषधि पाउँदा लाभान्वित भएका छन् । फाउण्डेसनमा दर्ता भएका १ हजार ५ सय ८५ जना सङ्क्रमित रहेका छन् । उनीहरु मध्ये कतिपयले अन्य केन्द्रबाट औषधि लिदै आएका छन् ।  

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, १२ कार्तिक । भारतको आन्ध्र प्रदेशमा चक्रवात ‘अर्नब’का कारण पाँचजनाको मृत्यु भएको छ । घर, कृषिबाली र पूर्वाधारमा क्षति

एजेन्सी, १२ कार्तिक । स्पेनको मध्य क्षेत्रमा पर्ने टोलेडो प्रान्तमा तीव्र गतिका दुई रेल आपसमा ठोक्किँदा मृत्यु हुनेको संख्या ६८ पुगेको

एजेन्सी, ११ कार्तिक । रुसको एक सैन्य अदालतले युक्रेनी अभियानका लागि आर्थिक सहयोग उपलब्ध गराई ‘आतङ्कवाद’लाई आर्थिक सहायता दिएको आरोपमा एक

एजेन्सी, ११ कार्तिक । अफ्रिकामा इबोलाको प्रकोप फैलिरहेका बेला प्रजातान्त्रिक गणतन्त्र कंगो (डीआरसी) मा यस रोगबाट संक्रमित हुनेको संख्या १०