काठमाडौँ महानगरको प्रत्येक वडामा खोप केन्द्र

काठमाडौँ, २२ जेठ । काठमाडौँ महानगरपालिकाले आगामी मङ्गलबार बाट  ६० देखि ६४ वर्षसम्मकालाई दिईने कोभिड-१९ विरुद्धको खोप सञ्चालन गर्ने केन्द्रको नाम तोकेर पठाउन वडा खोप समन्वय समितिलाई पत्राचार गरेको छ । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको जेठ १८ गतेको निर्णयका आधारमा शुक्रबार  जिल्ला स्वास्थ्य कार्यालय र कामपाको शहरी स्वास्थ्य तथा खाद्य पदार्थ नियमन विभागबीच बैठक बसेर हरेक वडामा एक/एक खोप केन्द्र सञ्चालन गर्ने निर्णय गरेको छ । यही निर्णयका आधारमा वडाको खोप केन्द्र वडाबाट तोक्नका लागि पत्राचार गरिएको हो ।

उक्त उमेर समूहका व्यक्तिका लागि भेरोसेल (चाइनीज खोप) को पहिलो मात्रा दिन लागिएको हो । सरकारले खोप कार्यक्रमअन्तर्गत पहिलो पटक महामारी नियन्त्रणका लागि अग्रपङ्क्तिमा खटिनेका लागि, त्यसपछि ६५ वर्षदेखि माथिल्लो उमेर समूहका व्यक्तिका लागि र तेस्रोमा १८ देखि ५९ वर्षका व्यक्तिलाई खोप दिएको थियो । 

जेठ ११ गतेसम्म वडास्तरमा केन्द्र स्थापना गरेर चलाइएको खोप कार्यक्रमबाट करीब १ लाख व्यक्ति लावान्वीत भएका थिए । रासस

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, १२ कार्तिक । भारतको आन्ध्र प्रदेशमा चक्रवात ‘अर्नब’का कारण पाँचजनाको मृत्यु भएको छ । घर, कृषिबाली र पूर्वाधारमा क्षति

एजेन्सी, १२ कार्तिक । स्पेनको मध्य क्षेत्रमा पर्ने टोलेडो प्रान्तमा तीव्र गतिका दुई रेल आपसमा ठोक्किँदा मृत्यु हुनेको संख्या ६८ पुगेको

एजेन्सी, ११ कार्तिक । रुसको एक सैन्य अदालतले युक्रेनी अभियानका लागि आर्थिक सहयोग उपलब्ध गराई ‘आतङ्कवाद’लाई आर्थिक सहायता दिएको आरोपमा एक

एजेन्सी, ११ कार्तिक । अफ्रिकामा इबोलाको प्रकोप फैलिरहेका बेला प्रजातान्त्रिक गणतन्त्र कंगो (डीआरसी) मा यस रोगबाट संक्रमित हुनेको संख्या १०