कोरोना संक्रमण भएपछि के गर्ने ?

काठमाडौँ, १७ जेठ । विश्वव्यापी रूपमा फैलिएको कोरोना (कोभिड–१९)को दोस्रो लहरसँग जुधिरहेको नेपालको अवस्थालाई यहाँ रहेका नेपाली चिकित्सकले गहन रूपले हेरिरहेका छन् । पछिल्लो समय सङ्क्रमणसँगै निको हुने दर पनि बढ्दै जानु सन्तोषको कुरा भएको भन्दै उनीहरूले रोग लाग्नै नदिन र निको हुने दरलाई थप बढाउन अझ उच्च सतर्कता अपनाउनुपर्ने सुझाव दिएका छन् ।

संयुक्त अधिराज्य (बेलायत)को डार्टफोर्डस्थित डारेन्ट भ्याली अस्पतालमा १५ वर्षदेखि श्वासप्रश्वास विशेषज्ञका रूपमा कार्यरत डा. सुधिर लोहनी नेपाली चिकित्सकहरूको प्रतिनिधि हन् । उनी भन्छन्, “पहिलो त जहाँसुकै पनि सङ्क्रमण हुनै नदिने वातावरण बनाउनुपर्छ । सङ्क्रमित भइहालियो भने डराउनु भएन । हल्का लक्षण देखिएकाहरू अस्पताल जानै पर्दैन । सन्तुलित आहार, प्रशस्त झोलिलो कुरा र शरीरलाई चलायमान राख्न सकियो भने कोरोना निश्चित अवधिपछि आफैँ हराएर जान्छ । सन्चो छैन भनेर सुतेर बस्यो भने झन् गलाउँछ । त्यसैले श्वासप्रश्वाससम्बन्धी अभ्याससँगै कोठाभित्रै, भ–याङ वा बगैँचामा हिँड्डुल र कसरत अनिवार्य गर्नुपर्छ ।” उनका अनुसार शरीर चलायमान नहुँदा शरीर कमजोर भएर जटिलता आउने सम्भावना रहन्छ । सक्रिय नहुँदा निमोनिया हुने, रगत जम्नेजस्ता समस्या हुन सक्छन् । सामान्य लक्षण भएकाले खासै औषधि लिनुपर्दैन तर खोकी छ भने मह उपयोगी हुन सक्छ ।

कुनै पनि भाइरसको एउटा निश्चित समय हुन्छ, त्यसपछि उसको सक्रियता रहँदैन र यो रुघाखोकी जस्तै । तर, कहिलेकाहीँ सङ्क्रमणको तह बढी हुँदा शरीरलाई कमजोर बनाउने, मांशपेसी, छाती दुख्ने, बेहोस हुने, ज्वरो नियन्त्रण नहुने र श्वास फेर्नसमेत कठिन हुन्छ । यस्तो अवस्थामा चिकित्सकको सल्लाहअनुसार अगाडि बढनुपर्ने चिकित्सको सुझाव छ । डा. लोहनी भन्छन्, “तथ्यले ८० प्रतिशत मानिसलाई हल्का लक्षण देखाएको र ४० प्रतिशतले थाहा नपाएको स्थिति छ । त्यसैले आत्तिनुहुँदैन ।”

कोरोना लागिसकेका २५/३० प्रतिशत बिरामीलाई दीर्घकालीन असर देखिएको छ । विशेषगरी फोक्सोमा असर हुनाले श्वासप्रश्वासमा समस्या आउनुका साथै शरीर कमजोर हुने, थाक्ने, नसासम्बन्धी समस्या हुने र छाती दुख्ने समस्या पछिसम्म रहेको पाइएको छ । त्यसैले कोरोना पुनस्र्थापना केन्द्र बनाउन जरुरी छ ।

यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ वैशाख । खरबुजा गर्मीको बेला हाम्रो शरीरलाई निकै फाइदाजनक फल हो । खरबुजामा पाइने पानीको कारणले शरीरलाई हाइड्रेटेड

काठमाडौँ, ६ बैशाख । पोखराको राष्ट्रबैंक चोकमा माइक्रो र स्कार्पिओ आपसमा ठोकिँदा ८ जना घाइते भएका छन् । कास्की प्रहरीका

काठमाडौँ, ६ बैशाख । यूएईलगायत खाडी क्षेत्रमा भीषण वर्षाका कारण उडान रोकिँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौँमा सयौँ यात्रु अलपत्र परेका

काठमाडौँ, ६ बैशाख । धनुषामा एक ट्रक प्याज बरामद भएको छ । सशस्त्र प्रहरी बल नेपाल नं. ८ गण धनुषाले १५२