चीनको सिछुवानका दुई संस्थाद्वारा नेपाललाई पीपीई र मास्क प्रदान

काठमाडौँ, १५ जेठ । चीनको सिछुवान प्रान्तका दुई  संस्थाले नेपाललाई स्वास्थ्य सामग्री उपलब्ध गराएका छन् । यस प्रान्तको अन्तर्राष्ट्रिय जनमैत्री सङ्घ तथा छन्तु एआइडीआइ आँखा अस्पतालले एक लाख मास्क र एक हजार पीपीई छन्तुमा रहेकाे नेपाली महावाणिज्यदूत दिनेशकुमार घिमिरेलाई शुक्रवार हस्तान्तरण गरेका हुन् ।

हस्तान्तरण कार्यक्रमा महावाणिज्यदूत घिमिरेले कोभिड-१९ को महामारीविरुद्ध लड्न सहयोग पुग्ने सामग्री उपलब्ध गराएकामा धन्यवाद दिँदै भर्खर स्थापना भएको नेपाली नियोगले दुवै देशबीचको स्वास्थ्य क्षेत्रको सहकार्यलाई थप प्रवर्द्धन गर्ने विश्वास दिलाउनुभयो । यस्ता सहयोग आदानप्रदान कार्यले दुवै देशबीचको  सम्बन्ध जनस्तरमा समेत सुदृढीकरणमा थप योगदान पुग्ने उहाँको भनाइ थियो ।

अस्पतालकी प्रमुख कार्यकारी अधिकृत चाङ् यौले आँखा उपचारको क्षेत्रमा अस्पतालले नेपालमा कयाैँ परियोजना सञ्चालन गरेको जानकारी दिँदै अनुदानमा दिइएका सामग्री कोरोनाविरुद्धको लडाइँमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । यस अवसरमा जनमैत्री सङ्घका महासचिव सियाङ छियोङह्वा, वाणिज्यदूत रीचा भट्टराई, छन्तु नगरपालिका स्वास्थ्य परिषद्की शन तान तथा अस्पतालका अन्य पदाधिकारीको सहभागिता रहेको महावाणिज्य दूतावासद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ चैत । काठमाडौँबाट पेस्तोल लगायत अवैध हातहतियारसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।  जिल्ला प्रहरी परिसर काठमाडौँले

काठमाडौँ, १६ चैत । केही दिनयता हल्का वर्षासहित मौसममा भइरहेको बदली आइतबारदेखि क्रमशः सुधार हुने जल तथा मौसम विज्ञान विभागले

काठमाडौँ, १६ चैत । प्रतिकूल मौसमका कारण लुक्लामा हवाई उडान प्रभावित भएको छ । मौसममा आएको परिवर्तनले तेन्जिङ हिलारी विमानस्थल

काठमाडौँ, १६ चैत । नेपाल विद्युत् प्राधिकरणले तत्काल बक्यौता महसुल भुक्तानी गर्न आग्रह गरेको छ । देशभरका विभिन्न स्थानीय तहले