चीनको सिछुवानका दुई संस्थाद्वारा नेपाललाई पीपीई र मास्क प्रदान

काठमाडौँ, १५ जेठ । चीनको सिछुवान प्रान्तका दुई  संस्थाले नेपाललाई स्वास्थ्य सामग्री उपलब्ध गराएका छन् । यस प्रान्तको अन्तर्राष्ट्रिय जनमैत्री सङ्घ तथा छन्तु एआइडीआइ आँखा अस्पतालले एक लाख मास्क र एक हजार पीपीई छन्तुमा रहेकाे नेपाली महावाणिज्यदूत दिनेशकुमार घिमिरेलाई शुक्रवार हस्तान्तरण गरेका हुन् ।

हस्तान्तरण कार्यक्रमा महावाणिज्यदूत घिमिरेले कोभिड-१९ को महामारीविरुद्ध लड्न सहयोग पुग्ने सामग्री उपलब्ध गराएकामा धन्यवाद दिँदै भर्खर स्थापना भएको नेपाली नियोगले दुवै देशबीचको स्वास्थ्य क्षेत्रको सहकार्यलाई थप प्रवर्द्धन गर्ने विश्वास दिलाउनुभयो । यस्ता सहयोग आदानप्रदान कार्यले दुवै देशबीचको  सम्बन्ध जनस्तरमा समेत सुदृढीकरणमा थप योगदान पुग्ने उहाँको भनाइ थियो ।

अस्पतालकी प्रमुख कार्यकारी अधिकृत चाङ् यौले आँखा उपचारको क्षेत्रमा अस्पतालले नेपालमा कयाैँ परियोजना सञ्चालन गरेको जानकारी दिँदै अनुदानमा दिइएका सामग्री कोरोनाविरुद्धको लडाइँमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । यस अवसरमा जनमैत्री सङ्घका महासचिव सियाङ छियोङह्वा, वाणिज्यदूत रीचा भट्टराई, छन्तु नगरपालिका स्वास्थ्य परिषद्की शन तान तथा अस्पतालका अन्य पदाधिकारीको सहभागिता रहेको महावाणिज्य दूतावासद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडाैँ, २ असाेज । भारतको औपचारिक भ्रमणमा रहनुभएका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भ्रमणको दोस्रो दिन नयाँ दिल्लीमा कूटनीतिक संवाद गर्नुभएको

काठमाडौँ, २ असोज । आज बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक भएको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकका निर्णयहरु : १३ देशमा

धनुषा, २ असाेज । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–१ (साविक रमदैया भवाडी गा.वि.स वडा नं २,३,४,६,७ र ८) का ३८८ परिवारले नापजाँच

काठमाडौँ, २ असोज । प्रधामन्त्री वालेन्द्र शाहले जेन्जी उमेर समूहका सांसदहरुसँग अन्तरक्रिया गरेका छन् । आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा