कर्जा असुलीमा अतिरिक्त शुल्क नलिन राष्ट्र बैंकको निर्देशन

काठमाडौँ, १२ जेठ । नेपाल राष्ट्र बैंकले कोरोना महामारीका कारण समस्यामा परेका ऋणीलाई कुनै पनि प्रकारको थप शुल्क, जरिबाना नलिन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ ।

यस्तै, राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई निषेधाज्ञा अवधिभर र निषेधाज्ञा सकिएको सात दिनसम्म कर्जा असुलीमा ग्राहकलाई कुनै पनि प्रकारको पेनाल्टी वा अतिरिक्त शुल्क नलिन पनि निर्देशन दिएको छ । ऋणीलाई कुनै पनि कर्जामा जरिबाना लगाउन नपाउने, लिलामीको सूचना निकाल्न नपाउने व्यवस्था केन्द्रीय बैंकले गरेको छ ।

त्यस्तै बैंक तथा वित्तीय संस्थाहरूले निक्षेप र कर्जाको ब्याजदरमा परिवर्तन आए तत्काल ग्राहकलाई विद्युतीय माध्यमबाट गराउनुपर्नेछ । लघुवित्त कम्पनीलाई निषेधाज्ञा सकिएको ७ दिनसम्म कर्जा असुलीमा ग्राहकलाई कुनै पनि प्रकारको पेनाल्टी वा अतिरिक्त शुल्क नलिन निर्देशन दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ असार । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले एमालेले सर्वोच्च अदालतमा भ्याकेट (पुनरावलोकन) मुद्धा पार्टी भित्रको आन्तरिक विवाद समाधान

काठमाडौँ, ७ असार । थप २ हजार २ सय ९७ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ६ लाख

काठमाडौँ, ७ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले समाजमा भइरहेको सांस्कृतिक अधःपतन र असत्यलाई महत्व दिइने प्रवृत्ति अन्त्यका लागि योग र

काठमाडौँ, ७ असार । पार्टीको निर्देशन विपरीत मतदान गरेको भन्दै भन्दै कारवाही गरिएका जनता समाजवादी पार्टीका प्रदेशसभा सांसदको मुद्दा अब