सुनको आयात ठप्प

काठमाडौँ, ११ जेठ । कोरोना संक्रमण नियन्त्रणका लागि लागू गरिएको बन्दाबन्दीका कारण वैशाख महिनामा सुनको आयात ह्वात्तै घटेको छ । भन्सार विभागले आइतवार सार्वजनिक गरेको चालू आवको १० महीनाको तथ्यांकले यस्तो देखाएको हो ।

तथ्यांकअनुसार वैशाखमा १ अर्ब ७५ करोड ७७ लाख रुपैयाँको सुन आयात भएको छ, जुन सामान्य अवस्थाको भन्दा कम हो । वैशाख अघिसम्म मासिक औसत २ अर्ब १४ करोड रुपैयाँको सुन आयात हुने भएको देखिन्छ । चैतमा ३ अर्ब २ करोड ७१ लाख रुपैयाँ बराबरको सुन आयात भएको थियो ।

परिमाणका आधारमा वैशाखमा २५८ केजी सुन आयात भएको छ । वैशाख महीना विवाहको सिजन भएकाले सुनको आयात उच्च मात्रामा हुने गर्छ । तर, यसपटक भने निषेधाज्ञाका कारण आयात घटाउनुपरेको नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मणिकरत्न शाक्यले बताए ।

वैशाख विवाहको समय भएकाले सुनका गरगहना किन्ने ग्राहक पनि बढी हुन्छन् । तर, निषेधाज्ञा शुरू भएपछि सुनका गरगहनाको व्यापार पनि त्यति भएन,’ उनले भने, ‘व्यापार नभएपछि सुनको आयात घटेको हो । चैत १२ गतेयता त सुनको आयात नै गरिएको छैन ।’

नेपालमा सुन किन्ने अधिकार वाणिज्य बैंकहरूलाई मात्र छ । तर, वाणिज्य बैंकहरूले महासंघको सिफारिसका आधारमा सुन आयात गर्ने गरेका छन् । अहिले निषेधाज्ञाका कारण व्यवसाय पनि नभएकाले बैंकहरूलाई सुन आयात गर्न नभनिएको महासंघको भनाइ छ ।

यो समाचार आजको आर्थिक अभियान दैनिकमा छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

दिल्ली, ९ असार । खोपको आपूर्तिमा सुधार आएपछि जून महिनामा भारतमा भ्याक्सिनेसनको दर बढेको छ । सरकारी कोविन ड्यासबोर्डका अनुसार

इस्लामाबाद, ९ असार । नोबेल पुरस्कारद्धारा सम्मानित मलाला युसुफजाईले बिबाहबारे गरेको टिप्पणीले पाकिस्तानमा तरंग पैदा भएको छ ।भोग पत्रिकामा दिएको

जम्मु काश्मीर, ९ असार । कोरोना भाइरसको माहामारी बीच जम्मु काश्मीरमा पण्डीत समुदायले जेष्ठ अष्टमी मनाएका छन् । जम्मु काश्मीरस्थित

काठमाडौँ, ८ असार । संसदबाट विश्वासको मत प्राप्त गर्न नसकेपछि स्वीडेनका प्रधानमन्त्री स्टेफन लोफभेन पदमुक्त भएका छन । स्वीडेनको संसदमा