नेप्से परिसूचक हालसम्मकै उच्च

काठमाडौँ, ९ जेठ । सेयर कारोबार मापक नेप्से परिसूचकले हालसम्मकै ऐतिहासिक रेकर्ड राखेको छ । नेप्से परिसूचक आज २८ सय २० माथि पुगेर नयाँ रेकर्ड राखेको हो ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आइतबार कारोबार खुलेको १० मिनेट नबित्दै करिब ५० अंकले नेप्से परिसूचक घट्यो । त्यसपछि सम्हालिएको परिसूचक काराेबार बन्द हुँदासम्म ३२ दशमलव ८१ अंकले बढेर २ हजार ८ सय २० मा पुगेकाे छ । याे हालसम्मकै उच्च हाे ।

२२० कम्पनीकाे सेयर किनबेच हुँदा काराेबार रकम ११ अर्ब ६९ कराेड ५० लाख ३४ हजार ७ सय २८  रूपैयाँ पुगेकाे छ । आइतबार नेप्सेमा कारोबार हुने ३ वटा समूहगत परिसूचकहरु घटेका छन् भने बाँकी सबै समूहगत परिसूचक बढेका छन् । घट्नेमा होटल तथा पर्यटन, निर्जिवन बीमा र लघुवित्त समूह देखिएका छन् ।

सबैभन्दा धेरै बढ्नेमा भने विकास बैंक र फाइएनान्स समूह देखिएको छ । विकास बैंक समूहको सवइन्डेक्स ७ दशमलव ५४ र फाइनान्सको ६ दशमलव ७६ प्रतिशतले बढेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ असार । प्रधानमन्त्री केपी ओलीले पछिल्लो पटक गरेको मन्त्रिपरिषद् विस्तारलाई सर्वोच्च अदालतले बदर गरेको छ । प्रधानमन्त्री केपी ओलीले

काठमाडौँ, ९ असार । प्रतिनिधि सभा विघटनसम्बन्धी रिटमा आजदेखि सर्वोच्च अदालतमा अन्तिम सुनुावाइ सुरु हुँदैछ । नेपाली काँग्रेसका सभापति शेरबहादुर

काठमाडौँ, ९ असार । मन्त्रीहरूको कार्यविभाजन र मन्त्रिपरिषद् विस्तार गर्न सकस भएपछि गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल संघीय

काठमाडौँ, ९ असार । मन्त्री पदमा नियुक्त भएपछि पहिलोपटक गृह जिल्लामा शुभेच्छुकहरुबाट स्वागत तथा बधाईका लागि आएका एक मन्त्रीको पद स्वागत