नेप्से परिसूचक ६.३७ अङ्कले बढ्यो

काठमाडौँ, ६ जेठ । शेयर बजार काराेबार मापक नेप्से परिसूचक आज  ६ अङ्कभन्दा धेरैले बढेको छ ।

नेप्से ६ दशमलव ३७ अङ्कले बढेर दुई हजार सात सय ८७ दशमलव १८ अङ्कमा पुगेको नेपाल स्टक एक्सचेन्ज लिमिटेडले जनाएको छ ।

आज ६ वटा समूहको सूचक बढेको छ भने ८ वटा समूहको सूचक घटेकाे छ । सबैभन्दा धेरै विकास बैंक समूहको परिसूचक एक सय १३ दशमलव ४४ अङ्कले बढेको छ भने जीवन बीमा समूहको परिसूचक ७८ दशमलव ८५ अङ्कले घटेको छ ।

आज नाै अर्ब ३० करोड रुपैयाँभन्दा धेरैकाे दुई करोड एक लाख कित्ता शेयर किनबेच भएकाे छ । नेपाल रिइन्स्योरेन्स लिमिटेडको आज सबैभन्दा धेरै ३४ करोड ७० लाख रुपैयाँ बराबरकाे शेयर कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ चैत । ग्लोबल आइएमई बैंक लिमिटेड र विश्व बैंक समूहको सदस्य अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) बिच जोखिम व्यवस्थापन,

काठमाडौँ, १५ चैत । आज बजारमा सुन चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन ११ सय

काठमाडौँ, १५ चैत । विश्वभरका परिवारले हरेक दिन एक अर्ब डलर अर्थात १ खर्ब ३२ अर्ब रुपैयाँ बराबरको खाना खेर फाल्ने

काठमाडौँ, १५ चैत । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको लागि तोके अनुसारको तरकारी र फलफूलको मूल्य यस