क्लासिक टेकद्वारा चन्द्रागिरिको आइसोलेशन केन्द्रलाई निःशुल्क इन्टरनेट

काठमाडौँ, ६ जेठ । क्लासिक टेकले नगरस्तरीय आइसोलेशनका निम्ति निःशुल्क इन्टरनेट सेवा उपलब्ध गराएको छ ।

कोरोना भाइरस महामारीविरुद्ध लड्न चन्द्रागिरि नगरपालिकाको वडा नं. ८ मा निर्मित आइसोलेशन केन्द्रका लागि सामाजिक अभियन्ता उत्तम कार्की तथा चन्द्रागिरि–८ का वडा अध्यक्ष सन्तोस खड्काको अभियानमा साथ दिन तथा सहयोगको रुपमा क्लासिकटेक प्रालिले प्रशासनिक, बिरामी तथा परिवारजनको निम्ति निःशुल्क इन्टरनेट सेवा उपलब्ध गराएको हो ।

नगर स्तरीय आइसोलेशन वडा नम्बर ८ मातातीर्थमा अवस्थित नवनिर्मित सामुदायिक अस्पताल भवनमा हाल ३० बेडको अक्सिजनसहित सेवा प्रवाह गरिएको छ । सो स्थानमा कोरोना संक्रमितहरुको सुबिधाका लागि क्लासिक टेकले निरन्तर इन्टरनेट सेवा उपलब्ध गराएको हो ।

सो आइसोलेसन केन्द्रका लागि कम्पनीले कर्पोरेट तहको उच्च गतिको इन्टरनेट सेवा उपलब्ध गराएको छ जहाँ एकैपटकमा १०० जना सम्मले सजिलै इन्टरनेट सेवा उपयोग गर्न सक्ने छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ असार । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा कार्यरत एक प्रहरी जवान लागूऔषध ब्राउन सुगरसहित पक्राउ परेका छन् ।

काठमाडौँ, ७ असार । नेपाल सरकारले घोषणा गर्यो ‘सडक मानवमुक्त नेपाल’ बनाउने । सुन्दा आहा ! कति उत्कृष्ट योजना तथा

काठमाडौँ, ७ असार । थप २ हजार २ सय ९७ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ६ लाख

सप्तरी, ७ असार । गोठाला गएकी एक बालिकाको हत्या आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । सप्तरीको डाक्नेश्वरी नगरपालिका–३