‘म स्वस्थ, मेरो गाउँ स्वस्थ’ अभियान

फुङ्लिङ, ३ जेठ । ‘म स्वस्थ, मेरो गाउँ स्वस्थ’ नारासहित ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाले स्वास्थ्य सेवा अभियान शुरु गरेको छ । पालिकाको प्राथमिक स्वास्थ्य केन्द्र तेल्लोकमा २४ सै घन्टा नागरिकललाई सेवा प्रदान गर्नका लागि गाउँपालिकाले रेडियोग्राफी सेवा शुरु गरेको छ । 

तेल्लोकमा शुरु गरिएको सेवा सञ्चालनका लागि कर्मचारीसहितको सेवा सुविधा गाउँपालिकाले बेहोर्ने गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख सञ्जीव सिंहले बताए । विगतका दिनमा पालिकाभित्रका नागरिक रेडियोग्राफी र ल्याब सेवा लिनका लागि धेरै खर्च गरेर ताप्लेजुङको सदरमुकामस्थित जिल्ला अस्पतालमा जानुपथ्र्यो । अहिले आफ्नै गाउँपालिमा त्यस्तो सेवा लिन पाउँदा स्थानीयवासी खुशी भएको सिंहले बताए । गाउँपालिकाकै स्रोतबाट प्राथमिक स्वास्थ्य केन्द्रबाट प्रवाह हुने सेवाका लागि मेडिकल अधिकृत, रेडियोग्राफी र ल्याब सेवासमेत उपलब्ध गराइएको उनले बताए । रासस

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ कार्तिक । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्बन्धी सम्मेलन (कोप ३१) को सन्दर्भमा

काठमाडौँ, ११ कार्तिक । अबदेखि शिक्षकको विशेष बढुवा जिल्लाकै शिक्षा विकास तथा समन्वय इकाइ मार्फत हुने भएको छ ।  नयाँ

काठमाडौँ, ११ कार्तिक । लुम्बिनी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको लुम्बिनी केबलकारमा भारतीय पर्यटकको आगमनमा उल्लेखनीय वृद्धि भएको छ

काठमाडौँ, ११ कार्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगुको खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालयका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसहित