१ करोड ९० लाख नागरिक खोप लगाउनबाट वञ्चित

काठमाडौँ, ३० बैशाख । कोरोना संक्रमण उकालो लाग्दो क्रममा रहेकै बेला नेपालमा १ करोड ९० लाख नागरिक खोप लगाउनबाट वञ्चित छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप लगाउन योग्य जनसंख्या अनुमानित २ करोड १७ लाख ५६ हजार ७ सय ६३ रहेको प्रक्षेपण गरेको थियो ।

मन्त्रालय प्रमुख विशेषज्ञ डा. रोशन पोखरेलका अनुसार हालसम्म २० लाख ९१ हजारभन्दा बढीले कोरोनाविरुद्धको पहिलो डोज खोप लगाएका छन् । लक्षित जनसंख्यामध्ये ९ दशमलव ६ प्रतिशतले खोप लगाएको आँकलन छ । ३ लाख ६८ हजारले कोरोनाविरुद्धको पहिलो र दोस्रो मात्रा खोप लगाएका छन् । अझै खोप लक्षित जनसंख्यामध्ये अनुमानित १ करोड ९० लाख नागरिक वञ्चित देखिन्छन् ।

सरकारले कोभिड खोप लक्षित समूहको प्राथमिकीकरण गरेको थियो । जसअन्तर्गत स्वास्थ्य तथा सामाजिक क्षेत्रका ९ लाख ११ हजार ३ सय ४२, ज्येष्ठ नागरिक, दीर्घरोगी ५१ लाख ६४ हजार २ सय ६९, ४० देखि ५४ वर्ष उमेर समूहका २९ लाख १ हजार १ सय ४ र १५ देखि ३९ वर्ष उमेर समूहका १ करोड १७ लाख ८० हजार ४८ जना खोप लगाउने लक्ष्य लिएको थियो । तर, अधिकांश अभियानबाट वञ्चित छन् ।

२३ फागुन २०७७ बाट ६५ वर्ष उमेर समूहका नागरिकलाई कोभिसिल्ड खोप लगाउने अभियान सुरु भएको हो । विज्ञका अनुसार कम्तीमा ८ देखि १२ साताभित्र खोप दोस्रो डोज दिइसक्नुपर्ने हुन्छ । यो आधारमा दोस्रो मात्रा दिने अभियान ढिलोमा पनि १५ जेठ सुरु गर्नुपर्ने हुन्छ । तर, पर्याप्त मौज्दात नहुँदा खोप अभियान ‘कहिलेदेखि सुरु गर्ने ?’ भन्ने अन्योल छ । कोभिसिल्ड नगन्य मात्रामा छ । यो समाचार आजको राजधानी दैनिकमा छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १ असोज । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) पूर्वी भूमध्यसागरीय क्षेत्रकी क्षेत्रीय निर्देशक डा.हनान एच.बाल्खीले परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेटवार्ता

काठमाडौँ, १ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद बोधनारायण श्रेष्ठले त्रिशूलीमा खसेका यात्रुवाहक बस र त्यहाँ हराइरहेका यात्रुहरूको

काठमाडौँ, १ असोज । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८२र८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ

काठमाडौँ, १ असोज । गत आर्थिक वर्षको तुलनामा राजस्व संकलन वृद्धि भएको छ । अर्थ मन्त्रालयका अनुसार चालु आर्थिक वर्ष