डोटीमा १२ स्वास्थ्यकर्मीमा कोरोना

डोटी, २९ बैशाख । कोरोना नियन्त्रण तथा रोकथामका लागि अग्रपंक्तिमा खटिने जिल्लाका १२ स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको छ । जिल्ला स्वास्थ्य कार्यालयका परिवार नियोजन निरीक्षक सूर्य विष्टले जिल्लामा अहिलेसम्म कम्तीमा पनि १२ स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।

उनका अनुसार संक्रमितमध्ये एक हेल्थ असिस्टेन्ट तथा अन्य अनमी छन् । संक्रमित स्वास्थ्यकर्मी सबैलाई होम आइसोलेसनमा राखिएको छ । उनीहरुको अवस्था जटिल नभएको बताइएको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार यहाँका जोरायलमा दुई, केआइसिंहमा तीन, आदर्शमा चार, बडिकेदारमा एक तथा पूर्वीचौकी गाउँपालिकामा दुई गरी १२ स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि यहाँका नागरिकलाई उपचार सेवा पाउन सकस भएको छ ।

कोरोना संक्रमितको उपचारमा खटिने स्वास्थ्यकर्मीलाई नै संक्रमण भएपछि अन्य बिरामीको उपचारमा समस्या भएको जिल्ला अस्पतालका फोकल पर्सन राजेन्द्र फुलाराले बताए । यसैगरी, जिल्लाको जोरायल गाउँपालिका–५, गड्सेरामा रहेको इलाका स्वास्थ्य कार्यालयका दुई कर्मचारीमा कोरोना संक्रमण देखिएको छ । कर्मचारीमा संक्रमण देखिएपछि उक्त स्वास्थ्य संस्थाले प्रदान गर्दै आएको आकस्मिकबाहेकका अन्य सबै सेवा बन्द गरेको अनमी विधि भण्डारीले बताइन् । उनले भनिन्, “संस्थामा काम गर्ने दुई स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएको छ, आकस्मिकबाहेकका अन्य सेवा हामीले बन्द गरेका छौँ ।”

उक्त स्वास्थ्य कार्यालयले एक सूचना सार्वजनिक गरी आगामी जेठ २ गतेसम्मका लागि आकस्मिकबाहेकका अन्य सबै सेवा बन्द गरेको जनाएको छ । स्वास्थ्य कार्यालयले सेवा बन्द गरेपछि स्वास्थ्य संस्थामा आउने दीर्घरोगी तथा सामान्य रुघाखोकी तथा ज्वरो आएका बिरामीलाई उपचारमा समस्या भएको स्थानीयवासी बताउँछन् । रासस

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ कार्तिक । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्बन्धी सम्मेलन (कोप ३१) को सन्दर्भमा

काठमाडौँ, ११ कार्तिक । अबदेखि शिक्षकको विशेष बढुवा जिल्लाकै शिक्षा विकास तथा समन्वय इकाइ मार्फत हुने भएको छ ।  नयाँ

काठमाडौँ, ११ कार्तिक । लुम्बिनी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको लुम्बिनी केबलकारमा भारतीय पर्यटकको आगमनमा उल्लेखनीय वृद्धि भएको छ

काठमाडौँ, ११ कार्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगुको खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालयका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसहित