कोरोना महामारीसँग सम्बन्धित रिट सर्वोच्चद्वारा फिर्ता

काठमाडौँ, २३ वैशाख । सर्वोच्च अदालतले निषेधाज्ञाको कारण देखाएर कोरोना महामारीसँग सम्बन्धित रिट दर्ता गर्न अस्वीकार गरेको छ । कोरोना महामारीमा सर्वसाधारणको प्रभावकारी उपचारको व्यवस्था गर्न सरकारका नाममा परमादेश माग गर्दै पेश गरिएको रिट सर्वोच्च अदालतले बुधबार दर्ता हुन नसक्ने भन्दै फिर्ता पठाइदिएको हो ।

सर्वोच्च अदालतको गत जेठ १४ गते बसेको पूर्ण बैठक (फुल कोर्ट)ले वैशाख १५ देखि वैशाख मसान्तसम्म बन्दी प्रत्ष्यक्षीकरण तथा कोभिड महामारीसँग सम्बन्धित अत्यन्त जरुरी प्रकृतिका जीवन र जनस्वास्थ्यसँग सम्बन्धित रिट निवेदनहरुको दर्ता र सुनुवाई गर्ने निर्णय गरेको थियो ।
सोही निर्णयलाई आधार मानेर सर्वोच्चले कोरोना महामारीसँग सम्बन्धित सार्वजनिक सरोकारको विवाद –पीआईएल० पनि दर्ता गर्न अस्वीकार गरेको हो ।

अधिवक्ता कीर्तिनाथ शर्मा पौडेलले अस्पताल भरिए खुला चौर, रंगशाला, ठूला होटलमा राखेर भए पनि उपचार गर्न, अक्सिजनको व्यवस्था मिलाउन, सीमा नाका व्यवस्थित गर्न, क्वारेन्टिन र आइसोलसनको व्यवस्था गरी नागरिकलाई स्वास्थ्य सेवाबाट वञ्चित नगराउन माग गर्दै रिट लिएर गएका थिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २८ चैत । चौलागाई प्रतिष्ठान केन्द्रीय कार्यसमितिद्वारा भित्तेपात्रो-२०८३ (क्यालेण्डर) विमोचन गरिएको छ । आज काठमाडौँको गोकणेश्वरको जगडोलमा आयोजित नयाँ

काठमाडौँ, २८ चैत । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘अस्पताल सेवा सुधार कार्यविधि २०८२’ जारी गरेको छ । अस्पतालको सेवालाई जनमैत्री,

काठमाडौँ, २८ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले निजी क्षेत्रको पुँजी र उद्यमशीलतालाई बलियो बनाउन सके

काठमाडौँ, २८ चैत । परराष्ट्रमन्त्री शिशिर खनालले विश्व आपूर्ति श्रृंखलामा अवरोध देखापरेको समयमा हिन्द महासागरको स्थिरता महत्त्वपूर्ण रहेको बताएका छन्