कोरोना महामारीसँग सम्बन्धित रिट सर्वोच्चद्वारा फिर्ता

काठमाडौँ, २३ वैशाख । सर्वोच्च अदालतले निषेधाज्ञाको कारण देखाएर कोरोना महामारीसँग सम्बन्धित रिट दर्ता गर्न अस्वीकार गरेको छ । कोरोना महामारीमा सर्वसाधारणको प्रभावकारी उपचारको व्यवस्था गर्न सरकारका नाममा परमादेश माग गर्दै पेश गरिएको रिट सर्वोच्च अदालतले बुधबार दर्ता हुन नसक्ने भन्दै फिर्ता पठाइदिएको हो ।

सर्वोच्च अदालतको गत जेठ १४ गते बसेको पूर्ण बैठक (फुल कोर्ट)ले वैशाख १५ देखि वैशाख मसान्तसम्म बन्दी प्रत्ष्यक्षीकरण तथा कोभिड महामारीसँग सम्बन्धित अत्यन्त जरुरी प्रकृतिका जीवन र जनस्वास्थ्यसँग सम्बन्धित रिट निवेदनहरुको दर्ता र सुनुवाई गर्ने निर्णय गरेको थियो ।
सोही निर्णयलाई आधार मानेर सर्वोच्चले कोरोना महामारीसँग सम्बन्धित सार्वजनिक सरोकारको विवाद –पीआईएल० पनि दर्ता गर्न अस्वीकार गरेको हो ।

अधिवक्ता कीर्तिनाथ शर्मा पौडेलले अस्पताल भरिए खुला चौर, रंगशाला, ठूला होटलमा राखेर भए पनि उपचार गर्न, अक्सिजनको व्यवस्था मिलाउन, सीमा नाका व्यवस्थित गर्न, क्वारेन्टिन र आइसोलसनको व्यवस्था गरी नागरिकलाई स्वास्थ्य सेवाबाट वञ्चित नगराउन माग गर्दै रिट लिएर गएका थिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ चैत । काठमाडौँ उपत्यकामा बिहीबारबाट फेरि प्रदूषण बढेको छ । वातावरण विभागका आनुसार, बिहीबार बिहान ११ः३० बजे शंखपार्कको वायुको

काठमाडौँ, ७ चैत । व्यक्ति हत्याको कसुरमा दोषी ठहर भएर २० वर्ष कैद सजाय सुनाइएका एक जना व्यक्ति २० वर्षपछि पक्राउ

काठमाडौँ, ७ चैत । सिन्धुपाल्चोकमा ठूलो परिमाणमा विद्युतीय चुरोट (भेप) प्रहरीले बरामद गरेको छ । गएराति चीनको तातोपानी नाका हुँदै

काठमाडौँ, ७ चैत । सिन्धुलीमा नुहाउने क्रममा खोलामा डुबेर एक किशोरीको मृत्यु भएको छ । वाग्मती प्रदेश प्रहरी कार्यालयका अनुसार