एनएमबि बैंकद्वारा ११ जनालाई बीमा दावी भुक्तानी

काठमाडौँ, २३ वैशाख । एनएमबि बैंकले विभिन्न खाताहरूमा दुर्घटना र गम्भिर रोगहरु विरुद्ध प्रदान गरिने बीमा दावी भुक्तानी दुर्घटना हुनासाथ र रोग पत्ता लाग्नासाथ प्रदान गरेको छ । 

सहारा बचत खाता अन्तर्गत हालसम्म देशैभरिबाट ११ जना व्यक्ति लाभान्वित भई जम्मा ६१ लाख ३ हजार ८ सय ४१ बीमा दावी भुक्तानी भइसकेको बैंकले जनाएको छ । बैंकले उक्त भुक्तानी इन्स्योरेन्स पार्टनर शिखर इन्स्योरेन्स मार्फत गरेको हो ।

बैंकले ग्राहकलाई उच्च बीमा कभरेज र भविष्य अनिश्चितताको विरुद्ध संरक्षणमा आफ्नो स्रोत परिचालन गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ फागुन । प्रतिकूल मौसमका कारण महाशिवरात्रि पर्वका अवसरमा पवित्र तीर्थस्थल गोसाइँकुण्ड जाने धार्मिक यात्रु प्रभावित भएका छन् । 

काठमाडौँ, ३ फागुन । पशुपति क्षेत्रबाट उच्छृङ्खल गतिविधि गर्ने १३८ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार

काठमाडौँ, ३ फागुन । विराटनगर महानगरपालिका-५ स्थित पुलचोकमा दुर्घटनामा परेको स्कोरपिओ गाडीबाट ४२० किलो गाँजा बरामद भएको छ । प्रहरीका

जाजरकोट, ३ फागुन । चुनिचाँदे गाउँपालिका–१० लमाराका नरबहादुर रोकायको ढुङ्गाले लागेर मृत्यु भएको छ । बाख्रा चराउन जङ्गल गएका रोकायको