आजदेखि २५ प्रतिशत कर्मचारीबाट बैङ्किङ सेवा


काठमाडौँ, २० बैशाख । बैङ्क तथा वित्तीय संस्थाले सोमबारदेखि अधिकतम २५ प्रतिशत कर्मचारीद्वारा बैङ्किङ सेवा प्रदान गर्नुपर्ने भएको छ ।

कोरोना भाइरस सङ्क्रमणको दोस्रो लहर तीव्र रूपमा फैलिन थालेपछि नियामक निकाय नेपाल राष्ट्र बैङ्कले आइतबार निर्देशन जारी गर्दै केन्द्रीय कार्यालयको हकमा २० र शाखा कार्यालयमा २५ प्रतिशत कर्मचारीमार्फत सेवा प्रदान गर्न निर्देशन दिएको हो ।

राष्ट्र बैङ्कले विभिन्न निकायबाट जारी भएका/हुने निषेधात्मक आदेशको पालनाका लागि स्थानीय निकायसँगको समन्वयमा शाखा सञ्चालन गरी बैङ्किङ सेवा प्रदान गर्न पनि निर्देशन दिएको छ । निषेधाज्ञाको समयमा पनि बैङ्किङ सेवा अत्यावश्यकीय भएको र सेवा प्रवाहलाई निरन्तरता दिनुपर्ने भएकाले कर्मचारीको उपस्थिति थोरैभन्दा थोरैमा सेवा प्रदान गर्न राष्ट्र बैङ्कले मातहतका वाणिज्य बैङ्क, विकास बैङ्क, फाइनान्स तथा माइक्रोफाइनान्स कम्पनीलाई निर्देशन दिएको हो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ चैत । काठमाडौँ उपत्यकामा बिहीबारबाट फेरि प्रदूषण बढेको छ । वातावरण विभागका आनुसार, बिहीबार बिहान ११ः३० बजे शंखपार्कको वायुको

काठमाडौँ, ७ चैत । व्यक्ति हत्याको कसुरमा दोषी ठहर भएर २० वर्ष कैद सजाय सुनाइएका एक जना व्यक्ति २० वर्षपछि पक्राउ

काठमाडौँ, ७ चैत । सिन्धुपाल्चोकमा ठूलो परिमाणमा विद्युतीय चुरोट (भेप) प्रहरीले बरामद गरेको छ । गएराति चीनको तातोपानी नाका हुँदै

काठमाडौँ, ७ चैत । सिन्धुलीमा नुहाउने क्रममा खोलामा डुबेर एक किशोरीको मृत्यु भएको छ । वाग्मती प्रदेश प्रहरी कार्यालयका अनुसार