दोब्बर मूल्यमा मास्क बेच्नेलाई जरिवाना

काठमाडौँ, २० बैशाख । वाणिज्य,  आपूर्ति  तथा  उपभोक्ता संरक्षण  विभागले  त्रिपुरेश्वरस्थित  अल  फाइन  सर्जिकल सप्लायर्सले  खरिद  गरेभन्दा  दोब्बर  मूल्यमा  सर्जिकल मास्क बेचेकामा दुई लाख रुपियाँ जरिवाना गरेको छ ।

विभागको  आकस्मिक  अनुगमन  टोलीले  आइतबार त्यस क्षेत्रमा अनुगमन गर्ने क्रममा उक्त सप्लायर्सले प्रतिगोटा  साढे  चार  रुपियाँमा  खरिद  मूल्य  परेको सर्जिकल  मास्कको  साढे  आठ  रुपियाँमा  बेचेको पाइएपछि जरिवाना गरेको हो ।

विभागका निर्देशक एवं प्रवक्ता शिवराज सेढाईंले महँगोमा बिक्री गर्ने उक्त मेडिकल सामान आपूर्ति गर्ने आपूर्तिकर्तालाई जरिवाना  गरिएको  जानकारी  दिए । उनका अनुसार यसअघि गत शुक्रबार विभागको सो अनुगमन टोलीले भक्तपुरस्थित हिमालयन लाइफ केयर इन्डस्ट्रिजले पनि महँगो मूल्यमा बिक्री गरेको भन्दै ५० हजार रुपियाँ जरिवाना गरेको थियो । 

यो समाचार आजको गोरखापत्र दैनिकमा छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० कार्तिक । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेल विराटनगर किंग्स र चितवन राइनोजबीच

काठमाडौँ, ९ कार्तिक । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ को पहिलो खेलमा लुम्बिनी लायन्सले सहज जित हासिल गरेको छ

काठमाडौँ, ९ कार्तिक । फुटबल प्रतियोगिताका विजेता तथा उपविजेता टोलीलाई नगदको सट्टा अलैँची पुरस्कार प्रदान गरिने भएको छ ।  ताप्लेजुङको

काठमाडौँ, ९ कार्तिक । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले नेपाल प्रिमियर लिग (एनपीएल) केही वर्षमै नेपाली खेलकुदको ठूलो उत्सवका रूपमा स्थापित भएको