एक हप्तादेखि स्वास्थ्यकर्मी नहुँदा सेवाग्राहीलाई सास्ती

सिमकोट, १६ बैशाख । हुम्लाको सिमकोट गाउँपालिका–८ मा रहेको स्याँडा स्वास्थ्य चैकीमा एक हप्तादेखि स्वास्थ्यकर्मी नहुँदा सेवाग्राहीलाई समस्या भएको छ । स्वास्थ्यचौकीमा स्वास्थ्यकर्मी नहुँदा स्थानीयवासीहरु सेवा पाउन सकेका छैनन् ।

उक्त स्वास्थ्यचौकीमा एक एचए, तीन अहेब, दुई अनमी र एक जना कार्यालय सहयोगी गरेर जम्मा सात जनाको दरबन्दी भए पनि यतिखेर दुई अनमीले मात्रै काम गर्दे आएको स्थानीयवासीले बताएका छन् । अनमी स्वास्थ्य संस्थामै कार्यरत भएको भए पनि सेवाग्राहीले भने पर्याप्त मात्रामा सेवा नपाएको गुनासो गरेका छन् । 
  
चार दिनदेखि लगतार ज्वरोबाट ग्रस्त भएका एक वर्षीय बालकलाई उपचार गर्नका लागि स्वास्थ्यचौकीमा लैजाँदा झारो टार्ने काम गरेको सिमकोट–८ याङ्गु गाउँका स्थानीयवासी गजिन्द सुनारले गुनासो गर्नुभयो । ्अन्य स्वास्थ्यकर्मीलाई उपस्थित हुन पटकपटक ताकेता गर्दा पनि नआएको वडाध्यक्ष चक्र बुढाले बताउनुभयो । आउँदो आइतबारसम्म स्वास्थ्यचौकीमा फिर्ता हुने सो स्वास्थ्यचौकीका इन्चार्ज रविजङ्ग शाहीले बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १ असोज । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) पूर्वी भूमध्यसागरीय क्षेत्रकी क्षेत्रीय निर्देशक डा.हनान एच.बाल्खीले परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेटवार्ता

काठमाडौँ, १ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद बोधनारायण श्रेष्ठले त्रिशूलीमा खसेका यात्रुवाहक बस र त्यहाँ हराइरहेका यात्रुहरूको

काठमाडौँ, १ असोज । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८२र८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ

काठमाडौँ, १ असोज । गत आर्थिक वर्षको तुलनामा राजस्व संकलन वृद्धि भएको छ । अर्थ मन्त्रालयका अनुसार चालु आर्थिक वर्ष