रेम्डेसिभिर, खोप र अक्सिजन अभाव

काठमाडौँ, ९ वैशाख । कोरोना संक्रमण समुदायस्तरमै तीव्र फैलिँदै जाँदा रोकथाममा अत्यावश्यक मानिने खोप, रेम्डेसिभिर र अक्सिजन चरम अभाव खड्किएको छ ।

दैनिक संक्रमणदर २ हजारमाथि पुगे पनि आमनागरिकले खोप पर्याप्त नहुँदा खोप लगाउन पाएका छैनन् । अस्पताल भर्ना भएका र गम्भीर बिरामी कोरोना संक्रमितको उपचारमा प्रभावकारी मानिएको रेम्डेसिभिर बजारमा सहज रूपमा पाइन छोडेको छ ।

अस्पतालमा अक्सिजन प्लान्टसमेत अभाव छ । चिकित्सक र जनस्वास्थ्य विज्ञले संक्रमण रोकथाममा अत्यावश्यक मानिएको खोप, रेम्डेसिभिर र अक्सिजन तयारी अवस्थामा राख्न सरकारलाई सुझाव दिएका छन् । संसद्को शिक्षा तथा स्वास्थ्य समितिले संक्रमण रोकथाममा कुनै कसर बाँकी नराख्न स्वास्थ्य मन्त्रालयलाई निर्देशन नै दिएको छ ।

भारत सरकारबाट नेपालले खरिद गरेको १० लाख डोज खोप नेपालले पाउन सकेको छैन । यसअघि, भारतबाट खरिद गरिएको १० लाख डोज, उपहारस्वरूप प्राप्त १० लाख डोज उमेर समूहका आधारमा लगाइएको छ । कोभ्याक्स सुविधाअन्तर्गत नेपालले ३ लाख ४८ हजार डोज कोरोना खोप पाइसकेको छ । चीन सरकारको कम्पनी सिनोफार्मद्वारा उत्पादित कोरोना भाइरसविरुद्धको खोप ८ लाख डोज उपलब्ध गराइएको थियो । पर्याप्त खोप नआउँदा अधिकांश लगाउनबाट वञ्चित छन् ।

रेम्डेसिभिरसमेत सहज रूपमा उपलब्ध हुन सकेको छैन । अस्पताल भर्ना भएका र गम्भीर बिरामी कोरोना संक्रमित उपचारमा रेम्डेसिभिर प्रयोग प्रभावकारी मानिन्छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोशन पोखरेल बजारमा १३ हजार भाइल स्टक रहेको बताउ“छन् । ‘३६ हजार भाइल रेम्डेसिभिर स्टकमा राख्नुपर्नेहुन्छ,’ उनी भन्छन्, ‘रेम्डेसिभिर सहज आपूर्तिका लागि मन्त्रालयले पहल गरिरहेको छ ।’ स्वास्थ्य मन्त्रालयले भारतले रेम्डेसिभिर आयातमा रोक लगाएको अवस्थामा बंगलादेशबाट खरिदका लागि प्रक्रिया अघि बढाएको छ । मन्त्रालयका प्रमुख विशेषज्ञ डा. पोखरेलले रेम्डिसिभिर आपूर्तिका लागि औषधि व्यवस्था विभागलाई निर्देशन दिइएको जानकारी दिए ।

त्यस्तै, अक्सिजन प्लान्टसमेत अभाव देखिएको गुनासो आउन थालेको छ । मन्त्रालयले आठ ठूला अस्पतालमा अक्सिजन प्लान्ट व्यवस्था गरिने जनाएको छ । चिकित्सकका अनुसार सास फेर्न समस्या भएका बिरामी संख्या बढ्दै गए अक्सिजन आवश्यक पर्छ । यो समाचार आजको राजधानी दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १ असोज । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) पूर्वी भूमध्यसागरीय क्षेत्रकी क्षेत्रीय निर्देशक डा.हनान एच.बाल्खीले परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेटवार्ता

काठमाडौँ, १ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद बोधनारायण श्रेष्ठले त्रिशूलीमा खसेका यात्रुवाहक बस र त्यहाँ हराइरहेका यात्रुहरूको

काठमाडौँ, १ असोज । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८२र८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ

काठमाडौँ, १ असोज । गत आर्थिक वर्षको तुलनामा राजस्व संकलन वृद्धि भएको छ । अर्थ मन्त्रालयका अनुसार चालु आर्थिक वर्ष