बसमा यात्रा गर्दा अनिवार्य मास्क प्रयोग गर्न ट्राफिक महाशाखाको आग्रह

काठमाडौँ, ३० चैत । कोरोना भाइरस संक्रमण दोस्रो चरणको जोखिमलाई मध्यनजर गर्दै महानगरीय ट्राफिक प्रहरी महाशाखाले सावधानी अभियान सुरु गरेको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको सहकार्यमा कोरोना भाइरस संक्रमण रोकथाम तथा सुरक्षित बनाउन जनचेतनामूलक अभियान सुरु गरेको हो ।

ट्राफिक महाशाखाका एसएसपी जनक भट्टराईले विश्वमा माहामारीको रूपमा फैलिरहेको कोभिड–१९ विरूद्ध समयमै सजगता र सचेतना फैलाउन जनचेतनामूलक अभियानको सुरुवात गरिएको बताए । कोभिड–१९ बाट यातायात क्षेत्र उच्च जोखिममा रहेकोले वेलैमा सुरक्षाका सावधानी अपनाएर मात्र चलायमान गराउनुपर्ने उनको जोड छ ।

सम्पूर्ण चालक, सहचालक तथा यात्रुले अनिवार्य मास्क लगाई भौतिक दूरी कायम गरी सवारी साधनको प्रयोग गर्न महाशाखाले आग्रह गरेको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १ असोज । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) पूर्वी भूमध्यसागरीय क्षेत्रकी क्षेत्रीय निर्देशक डा.हनान एच.बाल्खीले परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेटवार्ता

काठमाडौँ, १ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद बोधनारायण श्रेष्ठले त्रिशूलीमा खसेका यात्रुवाहक बस र त्यहाँ हराइरहेका यात्रुहरूको

काठमाडौँ, १ असोज । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८२र८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ

काठमाडौँ, १ असोज । गत आर्थिक वर्षको तुलनामा राजस्व संकलन वृद्धि भएको छ । अर्थ मन्त्रालयका अनुसार चालु आर्थिक वर्ष