‘लकडाउनमा जाने अवस्थामा नपुर्‍याऔँ’: मन्त्री त्रिपाठी

काठमाडौँ, २४ चैत । प्रतिनिधिसभामा  सोमबार  विशेष  समय  लिएर  सम्बोधन  गर्दै  स्वास्थ्य  तथा  जनसङ्ख्यामन्त्री  हृदयेश  त्रिपाठीले  जनस्वास्थ्य  मापदण्ड प्रभावकारी  रूपमा  पालना  नभए  कोरोना पुनः  उच्च  बिन्दुमा  पुग्न  सक्ने चेतावनी दिए । 

उनले आउँदो जेठ–असारमा पुनः कोरोना उच्च बिन्दुमा पुग्न सक्ने देखिएको बताए । सङ्क्रमण  पछिल्लो  दिनमा  बढिरहेको भन्दै स्वास्थ्य मापदण्ड पालना गर्न उनले आग्रहसमेत गरे । छिमेकी मुलुक भारतमा  सङ्क्रमण  उच्च  गतिमा  बढिरहेको  भन्दै  उनले  सचेत  रहन  सबैलाई  आग्रहसमेत  गरे । कोरोनाविरुद्धको खोप खरिदसम्बन्धी अध्यादेश सदनमा पेस नभएको भन्दै उनले असन्तुष्टि समेत जनाए । 

मापदण्ड पालना गर्नुपर्ने बाटै उल्लङ्घन भएको पनि उनको भनाइ छ । लकडाउनमा जाने  अवस्थामा  नपुर्याउन  पनि  उनले आग्रह गरे । सदनमा जवाफका क्रममा उनले भने, ‘लकडाउनले  समग्र  अर्थतन्त्रलाई  प्रभाव पार्ने रहेछ । अर्थतन्त्र र सामाजिक जीवनमा  पारेको  प्रभाव  यसअघिकै  आउन  बाँकी छ ।’ यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ असार । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय मानव अधिकार आयोगले तयार पारेको ‘जेनजी’ आन्दोलनका घटनासम्बन्धी प्रतिवेदन उपलब्ध

काठमाडौँ, १३ असार । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले तुलसी सहकारीका साना बचतकर्ताको बचत फिर्ता गरेको छ । समितिका अनुसार तुलसी

काठमाडौँ, १३ असार । ग्लोबल आइएमई बैंक लिमिटेडले मुलुकमा उद्यमशिलताको विकास र साना तथा मझौला उद्यमको प्रवर्द्धन गर्ने उद्देश्यले ग्लोबल आइएमई

काठमाडौँ, १३ असार । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशको केही तथा लुम्बिनी प्रदेशको पूर्वी भेगका