प्रहरी र तस्कर समूहबीच गोली हानाहान

कैलाली, २४ चैत । कैलालीको भजनी नगरपालिका मोरियाघाटस्थित नेपाल–भारत सीमा नाकामा सोमबार साँझ लागुऔषधका भारतीय तस्कर र नेपाल प्रहरीबीच गोली हानाहान भएको छ ।

सो क्षेत्रमा ठूलो मात्रामा लागुऔषध भित्रिन लागेको भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायब उपरीक्षक प्रेम शाहीको नेतृत्वमा खटिएको प्रहरी टोली र भारतीय तस्करबीच गोली हानाहान भएको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक हिक्मतबहादुर थापाले मोरियाघाट सीमा नाकामा प्रहरी टोली र तस्करबीच जम्काभेट हुँदा गोली हानाहान भएको बताए । “भाला र पेस्तोलसहित आएका तस्कर समूहसँग जम्काभेट हुँदा फायरिङ भयो”, प्रहरी निरीक्षक थापाले भने, “बब्लु सिंहसहितका तीन जना तस्करको समूहबाट प्रहरी टोलीमाथि एक राउण्ड गोली चलाइएपछि प्रहरीले पनि तीन राउण्ड जवाफी फायर गर्नुपर्यो ।”

उक्त घटनामा भारत उत्तर प्रदेश, लखिमपुरखिरी जिल्ला तिकुनियाका निज सिंह घाइते भएको जनाइएको छ । गोली हानाहानपछि तस्कर समूहमा रहेका अन्य व्यक्ति भारततिरै भागेको जनाइएको छ । घटनास्थलमा एक भाला र एक थान मोबाइल बरामद भएको प्रहरीले बताएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ मंसिर । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ११५ जना कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयकाका

काठमाडौँ, १३  मंसिर । थप २ सय ५९ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ८ लाख २१ हजार

काठमाडौँ, १३ मंसिर । पाकिस्तानले सन् २००८ मा भारतको मुम्बईमा गरेको आक्रमणको काठमाडौँ माइतीमा विरोध प्रदर्शन गरिएको छ । स्वतन्त्र

झापा, १३ मंसिर । कनकाई नगरपालिका–८ स्थित पूर्वपश्चिम राजमार्गको विरिङ पुलमा ना ५ ख ८०४१ नम्बरको बस आइतबार अनियन्त्रित भई

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021