माछापुच्छ्रे बैंकको कन्ट्याक्ट लेस कार्ड

काठमाडौँ, २१ चैत । माछापुच्छ्रे बैंक लि. ले भिषा कार्ड मार्फत हुने कारोबारहरुलाई अझ सहज बनाउने उद्देश्यले कन्ट्याक्ट लेस कार्ड सेवा सुरु गरेको छ ।

आमग्राहकलाई नयाँ र सहज सेवा प्रदान गर्दै जाने क्रममा उक्त कन्ट्याक लेस कार्ड सेवा सञ्चालनमा ल्याएको हो । कन्ट्याक लेस कार्ड सेवाअन्तर्गत कन्ट्याक लेस कार्डको प्रयोग गरी पीओएस (पोइन्ट अफ सेल्स) मा कारोबार गर्दा आफ्नो कार्डको पिन राख्नु पर्दैन, उक्त ‘ट्याप एण्ड पे’ सुविधायुक्त पीओएसमा ट्याप गरेर सजिलै कारोबार गर्न सकिनेछ ।

कन्ट्याक लेस कार्डअन्तर्गत बैंकको डेविट तथा क्रेडिट कार्ड प्रयोग गरी २ हजार रुपैयाँसम्मको भुक्तानी गर्दा पिनको आवश्यकता पर्दैन भने २ हजार भन्दा बढिको काराबोर गर्दा कार्ड पिन नम्वर राख्नुपर्ने हुन्छ । बैंकले उक्त सेवा आफ्ना अधिकांश पीओएस मसिनलाई ‘ट्याप एण्ड पे’ सुविधायुक्तमा स्त्तरोन्नती गरिसकेको छ । उक्त सुविधा लिनको लागि बैंकका ग्राहकले नजिकको शाखामा सम्पर्क राखी कन्ट्याक्ट लेस कार्ड लिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ मंसिर । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ११५ जना कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयकाका

काठमाडौँ, १३  मंसिर । थप २ सय ५९ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ८ लाख २१ हजार

काठमाडौँ, १३ मंसिर । पाकिस्तानले सन् २००८ मा भारतको मुम्बईमा गरेको आक्रमणको काठमाडौँ माइतीमा विरोध प्रदर्शन गरिएको छ । स्वतन्त्र

झापा, १३ मंसिर । कनकाई नगरपालिका–८ स्थित पूर्वपश्चिम राजमार्गको विरिङ पुलमा ना ५ ख ८०४१ नम्बरको बस आइतबार अनियन्त्रित भई

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021