तीन वर्षमा दोब्बर बन्यो मोबाइल फोन आयात

काठमाडौँ, २१ चैत । तीन वर्षमा मोबाइल फोन आयात दोब्बर पुगेको छ । आर्थिक वर्ष २०७५/७६, २०७६/७७ र २०७७/७८ को फागुन मसान्तसम्म मोबाइल फोनको आयात दोब्बर पुगेको भन्सार विभागको तथ्यांक छ । आर्थिक वर्ष २०७५/७६ को फागुनमा १२ अर्ब ६३ करोड ११ लाख ४७ हजार रुपैयाँ बराबरको आयात भएकोमा आर्थिक वर्ष २०७६/७७ को सोही अवधिमा १४ अर्ब ३७ करोड ३ लाख ९६ हजार रुपैयाँ बराबरको मोबाइल फोन आएको छ ।

 त्यस्तै आर्थिक वर्ष २०७७/७८ को फागुनसम्म २६ अर्ब ३० करोड ५४ लाख ९५ हजार रुपैयाँ बराबरको मोबाइल फोन भित्रिएको छ । यो आर्थिक वर्ष २०७५/७६ को सोही अवधिको तुलनामा १३ अर्ब ६७ करोड ४३ लाख ४७ हजार रुपैयाँ बढी हो। त्यस्तै आर्थिक वर्ष २०७६/७७ को तुलनामा ११ अर्ब ९३ करोड ५० लाख ९८ हजार रुपैयाँले धेरै भएको विभागको तथ्यांक छ । कान्तिपुरमा खबर छापिएको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ जेठ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बाढी–पहिरो प्रभावित हुम्लाको नाम्खा गाउँपालिका ६ तिलगाउँमा तत्काल उद्धार

काठमाडौँ, ५ जेठ । सामुदायिक विद्यालयका शिक्षकले राजनीतिक दल वा दलसँग आबद्ध संगठनको सदस्य लिएमा, राजनीतिक क्रियाकलापमा संलग्न भएमा, राजनीतिक

काठमाडौँ, ५ जेठ । विधायिकी भूमिकामा रहेका सांसदले आर्थिक परिचालन गर्दा शक्ति पृथकीकरणको सिद्धान्तविपरीत हुने भन्दै सर्वोच्च अदालतले समेत रोक

काठमाडौँ, ४ जेठ । सम्पत्ति शुद्धीकरणको मुद्दामा सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङ सर्वोच्च अदालतबाट पनि दोषी ठहर भएका छन् ।