नेप्से परिसूचक दोहोरो अंकले बढ्यो

 काठमाडौँ, १९ चैत । आज बिहीबार नेप्से परिसूचक दोहोरो अंकले बढेको छ ।

सेयर कारोबार मापक नेप्से परिसूचक १२ दशमलव ८८ अंकले बढेर २ हजार ६ सय ३१ दशमलव ८९ अंकमा पुगेको छ ।

क वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि २ दशमलव ८३ अंकले बढेर ४ सय ६६ दशमलव ४२ अंकमा पुगेको छ । कारोबार रकममा पनि सुधार भएको छ । बुधबार सवा ६ अर्बको सेयर कारोबार भएकोमा बिहीबार ७ अर्ब माथि कारोबार रकम पुगेको छ ।

दिनभर भएका ७३ हजार ६ सय ६७ कारोबारबाट २ सय १८ कम्पनीका १ करोड ४२ लाख ६८ हजार ५ सय ९२ कित्ता सेयर किनबेच भएका छन् । जसबाट कारोबार रकम ७ अर्ब १८ करोड ४२ लाख ६६ हजार १ सय २५ रुपैयाँ पुगेको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । नेप्सेमा कारोबार हुने चार समूहहरुको सब इन्डेक्स घटेको छ । बाँकी सबै समूहहरुको सबइन्डेक्स बढेको छ । सबैभन्दा धेरै होटल तथा पर्यटन समूहका लगानीकर्ताले बिहीबार गुमाएका छन् ।

यो समूहको सब इन्डेक्स ७७ दशमलव २२ अंकले घटेको छ । कमाउनेहरुमा भने व्यापार समूहका लगानीकर्ताहरु देखिएका छन् । यो समूहको सबइन्डेक्स २६८ अंक भन्दा धेरैले बढेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, १६ चैत । दक्षिण अफ्रिकामा बस दुर्घटना हुँदा ४५ जनाको मृत्यु भएको छ । दुर्घटनास्थलमा आठ वर्षीया एक बालिका

जेनेभा, १५ चैत । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले सार्स–कोभ–२, मर्स–कोभ र नोवेल कोरोना भाइरस–१९ को खोज, अनुगमन र मूल्याङ्कनका लागि नयाँ

इलिनोइस, १५ चैत । अमेरिकाको इलिनोइस राज्यमा एक व्यक्तिले अन्धाधुन्ध चक्कु प्रहार गर्दा ४ जनाको मृत्यु भएको छ भने कम्तीमा ५ जना

काठमाडौँ, १५ चैत । विश्वभरका परिवारले हरेक दिन एक अर्ब डलर अर्थात १ खर्ब ३२ अर्ब रुपैयाँ बराबरको खाना खेर फाल्ने