हेर्नुहोस खाली पेटमा कालो अंगुर खानुको छ फाइदा

काठमाडौँ, १४ चैत । कालो अंगुर खानु हाम्रो स्वस्थको लागी लाभदायीक हुन्छ । यसको सेवनले बिभिन्न रोगहरुबाट छुटकारा पाउन सकिन्छ । यो अंगुर मीठो भएपनि यसमा चिनीको मात्रा पटक्कै हुँदैन ।

अंगुरमा सबै आवश्यक पोषक तत्त्व जस्तै पानी, सोडियम, पोटेसियम, साइट्रिक एसिड, म्याग्नेसियम र आइरन हुन्छन् । यो अंगुरले अनेकौं रोगबाट बचाउँछ ।

हेर्नुहोस कालो अंगुर खानुको फाइदा:

१. हृदयघात जस्तो गम्भीर रोगमा पनि अंगुर लाभदायक हुन्छ । यसले शरीरमा रगत जम्न दिँदैन जसका कारण मुटु ठीक अवस्थामा रहन्छ । तपाईं पनि मुटुरोगी हुनुहुन्छ भने कालो अंगुरको रस पिउनुस् ।

२. माइग्रेन लागेपछि टाउकोको आधी भागमा पीडा हुन थाल्छ । अंगुर खानुभएमा माइग्रेनको पीडा हराउँछ ।

३. अंगुरमा भएको पोलीफेनोलिक फाइटोकेमिकलले शरीरलाई क्यान्सरबाट मात्र नभई कोरोनरी मुटुरोग, नसारोग, बिर्सने रोग र फंगल संक्रमणबाट लड्ने क्षमता प्रदान गर्छ ।

४. शरीरमा रगतको कमी हुन नदिनका लागि दिनदिनै खाली पेट अंगुर खानुस् । फाइदा हुन्छ ।

५. अनुहार वा जिउमा आएका फोकाफोकीलाई सुकाउनका लागि अंगुर सहायक हुन्छ ।

६. शरीरको कुनै भागबाट धेरै रगत बग्यो भने अंगुरको जुस एक गिलास बनाएर दुई चम्चा मह मिसाएर पिउनुस् । रगतको क्षतिपूर्ति हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १ असोज । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) पूर्वी भूमध्यसागरीय क्षेत्रकी क्षेत्रीय निर्देशक डा.हनान एच.बाल्खीले परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेटवार्ता

काठमाडौँ, १ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद बोधनारायण श्रेष्ठले त्रिशूलीमा खसेका यात्रुवाहक बस र त्यहाँ हराइरहेका यात्रुहरूको

काठमाडौँ, १ असोज । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८२र८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ

काठमाडौँ, १ असोज । गत आर्थिक वर्षको तुलनामा राजस्व संकलन वृद्धि भएको छ । अर्थ मन्त्रालयका अनुसार चालु आर्थिक वर्ष