हेर्नुहोस खाली पेटमा कालो अंगुर खानुको छ फाइदा

काठमाडौँ, १४ चैत । कालो अंगुर खानु हाम्रो स्वस्थको लागी लाभदायीक हुन्छ । यसको सेवनले बिभिन्न रोगहरुबाट छुटकारा पाउन सकिन्छ । यो अंगुर मीठो भएपनि यसमा चिनीको मात्रा पटक्कै हुँदैन ।

अंगुरमा सबै आवश्यक पोषक तत्त्व जस्तै पानी, सोडियम, पोटेसियम, साइट्रिक एसिड, म्याग्नेसियम र आइरन हुन्छन् । यो अंगुरले अनेकौं रोगबाट बचाउँछ ।

हेर्नुहोस कालो अंगुर खानुको फाइदा:

१. हृदयघात जस्तो गम्भीर रोगमा पनि अंगुर लाभदायक हुन्छ । यसले शरीरमा रगत जम्न दिँदैन जसका कारण मुटु ठीक अवस्थामा रहन्छ । तपाईं पनि मुटुरोगी हुनुहुन्छ भने कालो अंगुरको रस पिउनुस् ।

२. माइग्रेन लागेपछि टाउकोको आधी भागमा पीडा हुन थाल्छ । अंगुर खानुभएमा माइग्रेनको पीडा हराउँछ ।

३. अंगुरमा भएको पोलीफेनोलिक फाइटोकेमिकलले शरीरलाई क्यान्सरबाट मात्र नभई कोरोनरी मुटुरोग, नसारोग, बिर्सने रोग र फंगल संक्रमणबाट लड्ने क्षमता प्रदान गर्छ ।

४. शरीरमा रगतको कमी हुन नदिनका लागि दिनदिनै खाली पेट अंगुर खानुस् । फाइदा हुन्छ ।

५. अनुहार वा जिउमा आएका फोकाफोकीलाई सुकाउनका लागि अंगुर सहायक हुन्छ ।

६. शरीरको कुनै भागबाट धेरै रगत बग्यो भने अंगुरको जुस एक गिलास बनाएर दुई चम्चा मह मिसाएर पिउनुस् । रगतको क्षतिपूर्ति हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ चैत । काठमाडौँबाट पेस्तोल लगायत अवैध हातहतियारसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।  जिल्ला प्रहरी परिसर काठमाडौँले

काठमाडौँ, १६ चैत । डोटीमा वन डढेलोमा परी गम्भीर घाइते भएकी एक महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय

काठमाडौँ, १६ चैत । प्रतिकूल मौसमका कारण लुक्लामा हवाई उडान प्रभावित भएको छ । मौसममा आएको परिवर्तनले तेन्जिङ हिलारी विमानस्थल

काठमाडौँ, १६ चैत । नेपाल विद्युत् प्राधिकरणले तत्काल बक्यौता महसुल भुक्तानी गर्न आग्रह गरेको छ । देशभरका विभिन्न स्थानीय तहले