आज विश्व क्षयरोग दिवस नेपालमा पनि मनाइँदै

काठमाडौँ, ११ चैत । आज विश्व क्षयरोग दिवस नेपालमा पनि आज ‘संकेत समयको, क्षयरोग अन्त्यको’ भन्ने नाराका साथ मनाइँदै छ ।

नेपालमा अहिले एक लाख १७ हजार क्षयरोगी रहेको राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रको तथ्यांक छ । आर्थिक वर्ष ०७६/०७७ मा मात्रै ६९ हजार नयाँ रोगी थपिएको क्षयरोग प्रिभ्यालेन्स सर्वेक्षणले देखाएको छ । त्यसैगरी, विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा हरेक वर्ष निको हुन सक्ने अवस्थाका दुई हजार २०० नयाँ रोगी थपिने गरेका छन् । चालु आर्थिक वर्षमा निको हुन सक्ने तीन हजार ८४ जना बिरामी मात्रै उपचारको दायरामा आएका छन् । जुन कुल रोगीमध्ये १७ प्रतिशत मात्रै हो । बाँकी ८३ प्रतिशतलाई उपचारको दायरामा ल्याउनु अहिलेको प्रमुख चुनौती रहेको केन्द्रले जनाएको छ । समुदायस्तरमा क्षयरोगीको पहिचान सरकारको लागि अर्को चुनौती बनेको छ ।

राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रले सूक्ष्म योजना तर्जुमा गरी स्थानीय तहहरुलाई क्षयरोगमुक्त घोषणा गर्ने अभियान सञ्चालन गर्ने भएको हो ।   नेपालमा वर्सेनि क्षयरोगका २७ हजार ७४५ जना नयाँ बिरामी देखिने गरेको केन्द्रले जनाएको छ । ४१ हजार रोगी भने अझै पनि उपचारको दायरामा नआएको केन्द्रको तथ्यांक छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १ असोज । झापाको झापा गाउँपालिका–३ कामाटोलीमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा एक जना भारतीय नागरिकको मृत्यु भएको छ ।

काठमाडौँ, १ असोज । अन्तर्राष्ट्रिय कल बाइपास (भीओआईपी) गरेको आरोपमा एक जना चितवनबाट पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो

काठमाडौँ, १ असोज । स्याङ्जाको वालिङ नगरपालिका–६ पाडेटारीमा ईभी माइक्रो बस र मोटरसाइकल आपसमा ठोक्किँदा दुई जना घाइते भएका छन् ।

काठमाडौँ, १ असोज । स्रोत नखुलेको नगदसहित दुई जनालाई प्रहरीले पक्राउ गरेकाे छ । ३४ लाख ९५ हजार रूपैयाँसहित  २ जनालाई