एस्ट्राजेनेका खोप अधिक प्रभावकारी र सुरक्षित पुष्टि

काठमाडौँ, १० चैत । लामो समयदेखि प्रतिक्षा गरिएको अक्सफोर्ड–एस्ट्राजेनेका खोपको अमेरिकी ट्रायलको नतिजा सार्वजनिक भएको छ जसमा यो खोप अधिक प्रभावकारी र सुरक्षित पुष्टि भएको छ । यो ठूलो स्तरको ट्रायलमा अमेरिका, चिली र पेरुबाट ३२ हजार स्वयमसेवकहरुलाई सहभागी गराइएको थियो । 

ट्रायलमा यो खोप, लक्षणयुक्त कोभिड संक्रमणलाई रोक्न ७९ प्रतिशत प्रभावकारी रहेको र गम्भीर बिरामी हुनबाट जोगाउनमा चाहिँ सय प्रतिशत काम गर्ने पत्ता लागेको हो । त्यस्तै रगत जम्ने सम्बन्धी सुरक्षालाई लिएर पनि यसमा कुनै समस्या नभएको पाइएको छ । यो खबरसँगै युरोपेली राष्ट्रहरुले ढुक्क भएर एस्ट्राजेनेका खोपको प्रयोगलाई निरन्तरता दिन सक्नेछन् । यसअघि विभिन्न देशमा यो खोप लगाइसकेपछि रगत जम्ने समस्या हुन्छ भन्ने खबर आउँदा खोपको प्रयोग स्थगित गरिएको थियो । हिजो मात्र युरोपको औषध निरीक्षक विभागले पनि एस्ट्राजेनेका खोपलाई सुरक्षित र प्रभावकारी भएको निष्कर्ष सार्वजानिक गरेको थियो । 

अमेरिकी ट्रायल कोलम्बिया युनिभर्सिटी र युनिभर्सिटी अफ रोचेस्टरका विज्ञहरुले एस्ट्राजेनेका कम्पनीसँग मिलेर संयुक्त रुपमा सञ्चालन गरेका हुन् । यो ट्रायल काभिडका कारण बिरामी हुनबाट जेष्ठ नागरिकलाई समेत बचाउन सक्ने सुनिश्चित गर्न समेत उपयोगी हुने बताइएको छ । प्रमाणको अभावमा यसअघि धेरै राष्ट्रहरुले यो खोपलाई ६५ वर्ष भन्दा माथिको उमेरका मानिसमा प्रयोग गर्न स्वीकृती दिएका थिएनन् । 

तर यो ट्रायलमा एक चौथाइ भन्दा धेरै स्वयमसवकको उमेर ६५ माथि रहेको थियो जसलाई चार हप्ताको अन्तरमा दुईवटा डोज दिइएको हो । यसले उनीहरुलाई अन्य युवा वर्ग जत्तिकै सुरक्षा दिलाएको थियो । बेलायतमा मात्र हरेक दिन हजारौँका सङ्ख्यामा मानिसहरुले एस्ट्राजेनेका खोप लगाइरहेका छन् । बीबीसी
 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३१ भदौ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा भएका निजामती कर्मचारीलाई तोकिएको अवधिभित्र अनिवार्य

काठमाडौँ, ३१ भदौ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार मनसुनको

काठमाडौँ, ३० भदौ । परराष्ट्रमन्त्री शिशिर खनालले वर्तमान सरकार राष्ट्रिय हितलाई केन्द्रबिन्दुमा राखेर परराष्ट्र नीति सञ्चालन गर्न पूर्ण प्रतिबद्ध रहेको

काठमाडौँ, ३० भदौ । प्रधानमन्त्री वालेन्द्र शाहले जलवायु परिवर्तनका कारण सिर्जित जोखिम तथा विपद् न्यूनीकरण र व्यवस्थापनका पक्षमा विश्वव्यापी सहयोग