बढी शुल्क लिएर कोरोना परीक्षण गर्ने दुई अस्पताल कारबाहीमा

काठमाडौँ, ६ चैत । कोरोना परीक्षणमा सरकारले निर्धारण गरेभन्दा धेरै शुल्क असुलेका दुई अस्पताल कारबाहीमा परेका छन् । 

जिल्ला प्रशासन कार्यालय चितवनले पुरानो मेडिकल कलेज भरतपुर र स्टार अस्पताल सानेपालाई कोरोना परीक्षणका क्रममा पीसीआर शुल्क धेरै असुलेको भन्दै मुद्दा दायर गर्दै कारबाही गरेको हो । 

शिक्षण अस्पताललाई १८ लाख र स्टार अस्पताललाई पाँच लाख रुपैयाँ धरौटी मागसहित मुद्दा दायर गरिएको हो । शिक्षण अस्पतालका प्रमुख कार्यकारी निर्देशक डा. सुप्रभात श्रेष्ठ र स्टार अस्पतालका अध्यक्ष किशोरकुमार महर्जन धरौटी जम्मा गरी तारेखमा रिहा भएका छन् । शिक्षण अस्पतालले संकलन गरिएको नमुना स्टार अस्पताल पठाउने गरेको थियो । 

सरकारले पीसीआर शुल्क दुई हजार  रुपैयाँ तोकेकामा अस्पतालले तीन हजार रुपैयाँ शुल्क लिएपछि प्रशासनले कारबाही गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ कार्तिक । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्बन्धी सम्मेलन (कोप ३१) को सन्दर्भमा

काठमाडौँ, ११ कार्तिक । अबदेखि शिक्षकको विशेष बढुवा जिल्लाकै शिक्षा विकास तथा समन्वय इकाइ मार्फत हुने भएको छ ।  नयाँ

काठमाडौँ, ११ कार्तिक । लुम्बिनी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको लुम्बिनी केबलकारमा भारतीय पर्यटकको आगमनमा उल्लेखनीय वृद्धि भएको छ

काठमाडौँ, ११ कार्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगुको खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालयका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसहित