अब कोरोनाविरुद्धको खोप भित्र्याउन निजी क्षेत्रलाई पनि अनुमति

काठमाडौँ, २ चैत । सरकारले विदेशबाट कोरोना भाइरसविरुद्धको खोप (भ्याक्सिन) भित्र्याउन निजी क्षेत्रलाई पनि अनुमति दिने भएको छ ।

औषधि व्यवस्था विभागले निजी क्षेत्रलाई पनि खोप आयात गर्न दिने जनाएको हो । विभागले आइतबार एक सार्वजनिक सूचना जारी गर्दै उक्त खोपको प्रयोग तथा आयात गर्न अनुमति लिन इच्छुक उत्पादक, कम्पनी, आधिकारिक आयातकर्ता वा उत्पादकले तोकेको आधिकारिक बिक्रेतालाई आवेदन दिन भनेको छ । सूचना जारी भएको मितिले ७ दिनभित्र औषधि वा खोपको आपतकालीन प्रयोगसम्बन्धी संहिता २०७७ को नियमभित्र रहेर आवश्यक कागजातसहित आवेदन गर्न आह्वान गरिएको छ

आवेदन दिन चाहानेले खोपको एक्स फ्याक्ट्री मूल्य, ढुवानी, भण्डारण, सम्बन्धित मुलुकको कर, सेवा शुल्कसमेत विश्लेषण गरी मुनाफा १० प्रतिशतभन्दा बढी नहुनेगरी विवरण पेश गर्नुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ कार्तिक । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्बन्धी सम्मेलन (कोप ३१) को सन्दर्भमा

काठमाडौँ, ११ कार्तिक । अबदेखि शिक्षकको विशेष बढुवा जिल्लाकै शिक्षा विकास तथा समन्वय इकाइ मार्फत हुने भएको छ ।  नयाँ

काठमाडौँ, ११ कार्तिक । लुम्बिनी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको लुम्बिनी केबलकारमा भारतीय पर्यटकको आगमनमा उल्लेखनीय वृद्धि भएको छ

काठमाडौँ, ११ कार्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगुको खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालयका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसहित