संक्रमितको संख्या दैनिक घट्दै गएपछि हेलचेक्र्याइँ बढ्यो

काठमाडौँ, २९ फागुन । कोरोना भाइरस संक्रमण जोखिम कायम रहे पनि हेलचेक्र्याइँ बढ्दै गएको छ । संक्रमितको संख्या दैनिक घट्दै गए पनि जोखिम भने यथावत् रहेको विज्ञहरूले बताएका छन् ।

अहिले मानिसहरू दिन प्रतिदिन विभिन्न ठाउँमा भेला हुनेक्रम बढिरहेको छ । यस्तै, विद्यालय, यातायात, फिल्म हलहरू सञ्चालनमा आउन थालेका छन् । दैनिकजसो प्रदर्शन भइरहेको छ । तर, भौतिक दूरी कायम हुन सकेको छैन भने मास्कको पनि समुचित तवरले प्रयोग भइरहेको छैन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दैनिक संक्रमित दर घट्दै गए पनि जोखिम कायमै रहेको बताए । उनले भने, ‘मास्कको उचित प्रयोग गरौं, हेलचेक्र्याइँ नगरौं । जनस्वास्थ्यका मापदण्डहरू पालना गरांै ।’ उनले खोप लगाउनसमेत प्राथमिकता निर्धारण गरिएका नागरिकलाई अनुरोध गरे । उनले भने, ‘कोरोनाले फेरि भयानक रूप पनि लिन सक्छ । आफ्नो पालोमा खोप लगाएर सुरक्षित हुनुहोस् ।’ यो समाचार आजको राजधानी दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ कार्तिक । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्बन्धी सम्मेलन (कोप ३१) को सन्दर्भमा

काठमाडौँ, ११ कार्तिक । अबदेखि शिक्षकको विशेष बढुवा जिल्लाकै शिक्षा विकास तथा समन्वय इकाइ मार्फत हुने भएको छ ।  नयाँ

काठमाडौँ, ११ कार्तिक । लुम्बिनी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको लुम्बिनी केबलकारमा भारतीय पर्यटकको आगमनमा उल्लेखनीय वृद्धि भएको छ

काठमाडौँ, ११ कार्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगुको खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालयका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसहित