स्यानिटाइजर सेवन गर्दा दुई जना वृद्धवृद्धाको मृत्यु

काठमाडौँ, १८ फागुन । स्यानिटाइजर सेवनका कारण मोरङमा एकै दिन दुई जनाको मृत्यु भएको छ । मृत्यु हुने वृद्धवृद्धा हुन् । दुवै जनाको उपचारका क्रममा सोमबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिए ।

झापाको शिवसताक्षी नगरपालिका–४ घर भई विराटनगर महानगरपालिका–१७ रघुपति लाइन क्वाटरमा बस्दै आएकी ६५ वर्षीय अम्बिका गिरी र मोरङको जहदा गाउँपालिका–४ का ६० वर्षीय दिनेश मण्डलको मृत्यु भएको प्रहरीले जनाएको छ । गिरीले मदिरा भनेर र मण्डलले पारिवारिक विवादपछि स्यानिटाइजर सेवन गरेको पाइएको प्रहरीले जनाएको छ । मदिराको नशामा गिरीले गत शनिबार राति ११ बजेतिर बोतलमा रहेको आधा लिटरजति स्यानिटाइजर एकै पटकमा पिएको उनका श्रीमान् छविलालले प्रहरीलाई बताएका छन्  ।

पारिवारिक विवादपछि मण्डलले पनि शनिबार राति १० बजेतिर स्यानिटाइजर सेवन गरेको खुलेको प्रहरीले जनाएको छ । दुवैलाई उपचारका लागि शनिबार राति कोशी अस्पताल ल्याइएको थियो। शुरुमा उपचारका लागि ल्याउँदा बोल्न सक्ने उनीहरुको अवस्था सामान्य थियो। तर अवस्था थप गम्भीर बनेर गएपछि मण्डललाई आईसीयूमा राखिएको र उपचारकै क्रममा सोमबार बिहान ज्यान गएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दासले जानकारी दिए । यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ कार्तिक । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्बन्धी सम्मेलन (कोप ३१) को सन्दर्भमा

काठमाडौँ, ११ कार्तिक । अबदेखि शिक्षकको विशेष बढुवा जिल्लाकै शिक्षा विकास तथा समन्वय इकाइ मार्फत हुने भएको छ ।  नयाँ

काठमाडौँ, ११ कार्तिक । लुम्बिनी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको लुम्बिनी केबलकारमा भारतीय पर्यटकको आगमनमा उल्लेखनीय वृद्धि भएको छ

काठमाडौँ, ११ कार्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगुको खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालयका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसहित