सेयर बजारमा ७९. ७४ अंकको पहिरो

काठमाडौँ, १६ फागुन । आज आइतबार सेयर बजारमा ७९. ७४ अंकको गिरावट आएको छ ।

७९. ७४ अंकले झरेपछि बजार २४७४ अंकमा आएको हो । परिसूचक घटे पनि कारोबार रकम भने उल्लेख्य देखिन्छ । २०७ कम्पनीको ८ अर्ब ३५ करोड रुपैयाँको सेयर किनबेच भयो ।  यस दिन होटल तथा पर्यटनबाहेक सबै समूह घटेका छन्। सो समूह ११ अंकले बढ्यो । 

बैंकिङ ५४, ब्यापार ११, विकास बैंक ७५, जलविद्युत ६७, फाइनान्स २९, निर्जीवन बीमा १७८, उत्पादन १९८, अन्य ८१, माइक्रोफाइनान्स १४१, जीवन बीमा ६२४ तथा लगानी समूह ४ अंकले घटेका छन् । 

लगानी हालै थपिएको समूह हो। यस दिन चन्द्रागिरि हिल्सको मूल्य भने १० प्रतिशतले बढ्यो । प्रतिकित्ता ३७ रुपैयाँले बढेर कम्पनीको मूल्य प्रतिकित्ता ४१४ रुपैयाँ कायम भएको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २६ कार्तिक । नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई समूहका अध्यक्ष चन्द्रप्रसाद ढकालले संयुक्त अरब इमिरेट्स (युएई)

मोरङ, २३ कार्तिक । मोरङमा रड प्रहारबाट एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा जहदा गाउँपालिका-२ मोहनपुरका ४० वर्षीय

काठमाडौँ, २३ कार्तिक । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग शान्ति वार्ता अघि बढे पुनः सैन्य आक्रमण गर्नुपर्ने सम्भावना निकै कम

काठमाडौँ, २३ कार्तिक । इजरायलका विपक्षी नेता गादी आइजेनकोटले प्रधानमन्त्री बेन्जामिन नेतन्याहूलाई आफ्नो नेतृत्वको नयाँ सरकारमा सामेल गराउन आफू तयार रहेको