चराको एउटै शरीरमा आधा भाले र आधा पोथी !

अमेरिकामा  आधा भाले  र  आधा पोथीको  स्वरूप  भएको  चरा  भेटिएको  छ  ।  

चराविद्  जेमी  हिलले  आधा  भाले  र  आधा  पोथी  अंश  रहेको  चराको  फोटो  सार्वजनिक  गरेका हुन् । उनले फेला पारेको त्यस चराको  फोटोले  यतिबेला  विश्वभरका  संरक्षणकर्मीको  ध्यान तानेको छ । 

उनले  विगत  ४८  वर्षदेखि  चराको  अध्ययन  गरिरहेका छ । पछिल्लो समय  काठ  फोरुवा  लहाँचे चराको खोजीमा रहेका उनीले  दुई  लिङ्गी  भएको  चरासँगको  साक्षात्कार  हुँदा  लहाँचे  भेटिए जत्तिकै  खुसी  व्यक्त गरेका छन् । 

एउटै  शरीरमा  भाले  र पोथीको रङसहित अण्डाशय र डिम्बाशय दुवै अङ्गसमेत भएको चरा विश्वमै दुर्लभ मानिन्छ  ।  आफूले  लाखौँ चराको अध्ययन  गरे  पनि अहिले भेटिएको त्यो चरा निकै दुर्लभ भएको उनले  बताएका छन् ।  

चरा  भेटिएपछिको  आफ्नो अनुभूति फेसबुकमार्फत सार्वजनिक गर्दै उनले दुवै लिङ्गी भएको नर्थन कार्डिनल चराको बारेमा बताएका छन् । यो समाचार आजको गोरखापत्र दैनिकमा छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २९ असोज । न्याय सेवा आयोगले नेपाल न्याय सेवा अन्तर्गत न्याय, कानुन र सरकारी वकिल समूहको राजपत्राङ्कित प्रथम र

काठमाडौँ, २९ असोज । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले संसद्  पुनर्स्थापनाको विषयमा राष्ट्रिय सहमति जुटाउनका लागि बोलाएको प्रमुख राजनीतिक दलहरूको

सप्तरी, २९ असोज । पत्रकार हुँ भन्दै डीएसपीसम्मैलाई फोन गरेर  गालीगलौज गरेको आरोपमा सिरहाको लहान नगरपालिका-२४ घर भइ काठमाडौंको कीर्तिपुर

काठमाडौँ, २९ असोज । राष्ट्रिय प्रजातान्त्रिक पार्टी (राप्रपा)को  केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्ने भएको छ । बिहान ११ः३० बजे