काठमाडौँ, १४ फागुन । आज सुनचाँदीको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन तोलामा ५ सयले घटेर ८८ हजार ८ सयमा कारोबार भईरहेको छ भने यस्तै तेजावी सुन तोलामा ८८ हजार ३ सय ५० रुपैयाँमा कारोबार भएको छ ।
त्यस्तै आज चाँदीको मूल्य भने २० रुपैयाँले घटेर तोलाको १३ सय ३५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।





