भक्तपुरमा प्रत्यारोपण केन्द्रद्वारा मुटुको ओपन शल्यक्रिया शुरु

भक्तपुर, १३ फागुन । शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र ९पहिलेको मानव अंग प्रत्यारोपण केन्द्र० भक्तपुरले बुधवारदेखी मुटूको ओपन शल्यक्रिया शुरु गरेको छ । जिल्ला मै एक मात्र मुटू रोगको सेवा उपलब्ध गराउन शुरु गरेको हो ।

उक्त केन्द्रमा पछिल्लो ३ महिनादेखि मुटुको इन्टरभेन्सनल शल्यक्रिया भइरहेका छन् । प्रत्यारोपण केन्द्रमा मुटूको एन्जियोग्राम, स्टेण्टिङ्ग जस्ता शल्यक्रियाहरु पनि लगातार भैरहेका छन् । प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक प्रा डा प्रेमराज ज्ञवालीका अनुसार कोभिड-१९ को कारणले संसार भरि नै स्थगित भएको मृगौला प्रत्यारोपणको शल्यक्रिया पनि गत तिहार अगाडीदेखि नै यस केन्द्रले शुरु गरिसकेको छ । हालसम्म १२ जना बिरामीहरुमा मृगौला प्रत्यारोपण गरि सकिएको छ ।

त्यसै गरी आज गरिएको मुटूको ओपन शल्यक्रियामा यस केन्द्रका कार्डियो(थोरासिक तथा भास्कुलर विभागका शल्य चिकित्सकहरु डा सम्पूर्णमान तुलाधर, डा संजित शाह, डा रीचा जोशीको नेतृत्वमा भएको थियो । प्रा डा ज्योतिन्द्र शर्मा, डा मुरारी उप्रेती र पर्फ्युजनिस्ट महेन्द्र भट्टको टीमको सहयोगमा उक्त अपरेसन गरिएको थियो । एनेस्थेसिया विभागका चिकित्सकहरु डा आरती राई, डा निभा, डा सोभित र डा सुशील तामांग तथा अपरेसन थियटरका नर्सहरु कामना र ज्योतीको प्रत्यक्ष संलग्नता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ कार्तिक । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्बन्धी सम्मेलन (कोप ३१) को सन्दर्भमा

काठमाडौँ, ११ कार्तिक । अबदेखि शिक्षकको विशेष बढुवा जिल्लाकै शिक्षा विकास तथा समन्वय इकाइ मार्फत हुने भएको छ ।  नयाँ

काठमाडौँ, ११ कार्तिक । लुम्बिनी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको लुम्बिनी केबलकारमा भारतीय पर्यटकको आगमनमा उल्लेखनीय वृद्धि भएको छ

काठमाडौँ, ११ कार्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगुको खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालयका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसहित