नेपालमा ४ लाख ३० हजार जनाले लगाए कोरोना खोप

काठमाडौँ, १२ फागुन । नेपालमा आजसम्म ४ लाख २९ हजार ७०५ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।

स्वास्थ्य सेवा विभागका अनुसार पहिलो चरणमा माघ १४ देखि २४ गतेसम्म सञ्चालन भएको खोप अभियान अन्तर्गत १ लाख ८५ हजार ८६५ जना स्वास्थ्यकर्मी, सफाइकर्मी, एम्बुलेन्स चालक र शववाहन चालकले खोप लगाएका छन् ।

त्यसपछि माघ २६ देखि ३० गतेसम्म कुटनीतिक नियोगका कर्मचारी र पत्रकार गरी ३ हजार ४८० जनाले खोप लगाए । फागुन २ देखि १० गतेसम्म नापी, जिल्ला प्रशासन कार्यालयलगायतमा काम गर्ने निजामती कर्मचारी, बैंक तथा वित्तीय संस्थाका कर्मचारी गरी २ लाख ४० हजार ३६० जनाले खोप लगाएका स्वास्थ्य सेवा विभागले जनाएको छ ।

त्यस्तै फागुन १० गतेसम्म नेपालको कुल जनसंख्याको १.४ प्रतिशतले खोप लगाइसकेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ कार्तिक । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्बन्धी सम्मेलन (कोप ३१) को सन्दर्भमा

काठमाडौँ, ११ कार्तिक । अबदेखि शिक्षकको विशेष बढुवा जिल्लाकै शिक्षा विकास तथा समन्वय इकाइ मार्फत हुने भएको छ ।  नयाँ

काठमाडौँ, ११ कार्तिक । लुम्बिनी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको लुम्बिनी केबलकारमा भारतीय पर्यटकको आगमनमा उल्लेखनीय वृद्धि भएको छ

काठमाडौँ, ११ कार्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगुको खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालयका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसहित